जगत रानाको एकल सांगीतिक साँझ सम्पन्न

म्यूजिक खबर
प्रकाशित: २ फाल्गुन २०७२, आईतवार

पछिल्लो समयमा एकल सांगीतिक साँझको आयोजना धेरै नै हुने गरेका छन् । एकल सांगीतिक साँझ गर्न अत्यन्तै चुनौतिको कुरा पनि हो । संगीतमा अब्बल व्यक्तित्वहरुले मात्र यस्तो कार्यक्रममा सफलता प्राप्त गर्दछन् । यस्तै गायक जगत रानाले पनि एकल साँगीतिक साँझ शनिवार हङकङमा सम्पन्न भएको छ। ‘जगत रानासंगको एक साँझ, रमाइलो शनिबार’ नाम दिइएको साँगीतिक कार्यक्रम जोर्डनस्थित कंगन रेष्टुरेण्टमा यहाँका संगीतप्रेमी श्रोता तथा दर्शकमाझ सम्पन्न भएको हो।लाङ्घाली कल्याण समाज हङकङको आयोजनामा सम्पन्न भएको कार्यक्रममा गायक रानाले सुमधुर र कर्णप्रिय गीतहरु पस्केका थिए।

jagat rana

कार्यक्रममा मगर संघ हङकङकी अध्यक्ष चन्द्रज्योति आलेमगर प्रमुख अतिथि र हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ विशेष अतिथिका रुपमा उपस्थित थिए। समाजका अध्यक्ष गोपाल थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव हर्क राना मगरले गरेका थिए।

jagat1

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु