जन्मदिनमा योजनाको बृद्धाश्रममा समर्पण

म्यूजिक खबर
प्रकाशित: २६ बैशाख २०७४, मंगलवार

बैशाख २६, काठमाडौं । संचारकर्मी एवं गायिका योजना पुरीले आफ्नो जन्मदिनको अवसर पारेर राजधानीको तिनकुने स्थित निः साहाय सेवा सदन बृद्धा आश्रममा आफ्नो पछिल्लो गीति एल्बम ‘समर्पण’ सार्वजनिक गरेकी छन् ।

लामो समयदेखि साङ्गीतिक क्षेत्रमा लागेर गायन क्षेत्रलाइ ब्यवसायिक रुपमा आफ्नो पेशा बनाउँदै आएकी सञ्चारकर्मी तथा गायिका योजना पुरीको ‘समर्पण’ दोस्रो एल्वम हो । बरिष्ठ सङ्गीतकार राजु सिंहको प्रमुख आतिथ्यमामा सम्पन्न उक्त कार्यक्रममा रंग पत्रकार तथा लेखक शान्तिप्रिय, सार्थक नेपाल सस्थाका उपाध्यक्ष्य तथा सञ्चारकर्मी मोडल राजेन्द्र लुइटेल, निः साहाय सेवा सदनकी सञ्चालिका सगुन शाह बिशेष अतिथिमा रहेका थिए ।

yojana-albem-2
ओएस नेपालको प्रस्तुति रहेको एल्बम समर्पणमा ‘नोनो नो‘’, ‘मौका नै दिएनौ‘’, ‘नेपाल देश‘’, ‘म त बस्नै नसक्ने‘’, ‘घर होइन मन‘’जस्ता पाँच गीत समावेश गरिएको छ । राजेश श्रेष्ठ, राजु सिंह, रियाज वाकोटी, राजिब शाह तथा राजा राजेन्द्रको सङ्गीत रहेको गीतमा पबी घिमिरे, दीप गिरि, नवराज खड्का, गणेश सुबेदी र राजा राजेन्द्रको शब्द रहेको छ ।

yojana-albem-1
निः साहाय सेवा सदन बृद्धा आश्रमका आश्रित बृद्धा आमा बुवाहरुलाइ खाजा तथा खान खुवाउदै लोकार्पण गरिएको कार्यक्रममा ‘एल्बममा एकदमै राम्रो गीतहरु समेटिएको र गीत सङ्गीत प्रेमीले मन पराइ दिनुहुन्छ भन्ने आश गरेकी छु’, गायिका योजनाले भनिन् । उनले अगाडि भनिन् ‘मेहनत र परिश्रमका साथ एक दशक लामो यात्राको साङ्गीतिक कोसेली लिएर आएकी छु ।’ राजु सिंह र शान्तिप्रियले बधाई तथा शुभकामना दिएका थिए ।
सञ्चारकर्मी मनोज थापाले समन्यव गरेको कार्यक्रममा आयोजक सार्थक नेपालले विभिन्न व्यक्तित्व तथा सञ्चारकर्मीलाई प्रशंसा पत्र पत्र प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु