जब फर्केर हेर्छौ… (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २२ माघ २०७२, शुक्रबार

पछिल्लो समय दिपक शर्मा आधुनिक, चलचित्र एवं पप संगीतको क्षेत्रमा उत्कृष्टताको श्रेणीमा नै छन् । उनको संगीतमा काम गर्न चाहने धेरै गायक गायिकाहरु छन् । उनको संगीतलाई माया गरेर पछ्याउनेहरुमा शम्भु घिसिङ पनि एक हुन् ।
दिपक शर्माको शब्द, संगीतमा तयार भएको गीतमा शम्भु घिसिङको स्वरमा बजारमा आएको छ । उदय पौडेलको एरेन्जमा रहेको उक्त म्यूजिक भिडियोमा पल शाह र अशिश्मा नकर्मीले अभिनय गरेका छन् । जब फर्के हेर्छौ जुधाउँदै आँखा मसँग… बोलको पप गीतमा शम्भु घिसिङले सुमधुर स्वर रहेको छ । उत्कृष्ट म्यूजिकले बजार प्रबद्र्धन गरेको उक्त म्यूजिक भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस्….

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु