जब सन्तान नै आफ्नो मृत्युको कारण बन्छ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १० चैत्र २०७२, बुधबार

आफ्नै छोरीले सम्पतिका लागि बाबुको हत्या गर्छे भनेर कहिले सोचेका थिएनन् होला टोखाका माइला महर्जनले । जब छोरी संगीताको जन्म भएको थियो तब कती खुशी भएका थिए होलान् त बाबु माइला महर्जन । तर उनलाई के थाहा पछि गएर त्यही छोरीनै उनको मृत्युको कारण बन्छे भनेर । छोरिले आफू खुशी बिबाह गरेर गए पछि कुन आमा बाबुको मन दुख्दैन होला र, त्यस्तै भएको थियो माइला महर्जनलाई पनि। त्यस माथि पनि अरुको घर गैसकेकी छोरिले बारम्बार पैसा मागेर हैरान् गरेकी थिइन् बाबु महर्जनलाई। तर पैसा पाउन केही दिन ढिला भए पछि भाडामा गुण्डा ल्याएर आफनै बाबुको हत्या गाराइन् संगीताले । पछि आमा र दाइ को हत्या गराउन खोज्दा भाडाका गुण्डाहरु भागे पछि उनको योजना सफल भएन।

chori
यहि यथार्थको आधारमा सर्ट मुभि ‘हत्यारा छोरी’ को कथा घुमेको छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको यो सर्ट मुभिमा युबराज खत्रीले छायांकन र सम्पादनगरेका छन् भने युुबराज खत्री , दिक्छा रैला, पार्बती कुमाल, अशोक सुनार, उषा बस्नेत र मुस्कान लामाको अभिनय रहेकोछ । उक्त सर्ट मुभि ‘हत्यारा छोरी’ एन एच एस मिडियाले आफ्नो युटुव च्यानल मार्फत रिलिज गरेको छ ।

 

भिडियो 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु