जल्न सक्छु म सक्दिन जलाउन

म्यूजिक खबर
प्रकाशित: १० भाद्र २०७२, बिहीबार

काठमाडौं । जल्न सक्छु म सक्दिन जलाउन प्राय माया प्रेमका कथामा यस्ता शब्दहरु धेरै प्रयोग हुन्छन् । एउटा प्रेमीले प्रेमिकालाई भन्ने कुरा न हुन् गुनासो पोख्ने या घुक्र्याउने गर्ने त हुन्छ नै । सुमन सिङ्दान तामाङको गीतभित्र पनि यस्तै मायाका समर्पण जोडिएका छन् ।

suman singdan
प्रवासमा रहेर निरन्तर नेपाली गीत संगीतमा समर्पित सुमन तामाङको समर्पण गीतिसंग्रहमा रहेको एउटा गीत जल्न सक्छु म सक्दिन जलाउनमा पनि मायाभित्रका पीडा र धोकालाई उल्लेख गरिएको छ ।
छ वटा गीतहरु समाबेश गरीएको समर्पण एल्बमको शिर्ष गीतको रूपमा उनले जल्न सक्छु म सक्दिन जलाउन यी हातले छुरी सक्दिन चलाउनलाई नै चुनेका छन् । उक्त एल्बममा संगीत अर्जुन पोखरेलले दिएका छ्न भने शब्द सुमन शर्माको रहेकोे छ ।

samarpan copy
विदेशमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा पनि आफ्नो समधुर आवाज पस्कँदै आएका गायक सुमनको समर्पण पहिलो एल्बम हो । वैदेशिक रोजगारीको शिलसिलामा यूएईमै बस्दै आएका सुमनले नेपाल आएका बेला रेकर्ड गरेको यो गीतको म्यूजिक भिडियो तयार भएको छ । एक वर्षअघि बजारमा ल्याइएको एल्बम समर्पणभित्र रहेको शीर्ष गीतको म्यूजिक भिडियोलाई भर्खरै मात्र सार्वजनिक गरिएको हो ।
विभोर पोखरेलको निर्देशनमा बनेको यस म्यूजिक भिडियोमा सम्पदा बानियाँ र अर्पित खड्काको अभिनय रहेको छ । यस गीतिसंग्रहलाई डिभाइन म्यूजिकले बजार प्रबद्र्धन गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु