जवानी ढल्किँदा तनाब…

म्यूजिक खबर
प्रकाशित: १६ मंसिर २०७२, बुधबार

टिनएजका केटाकेटीसँग जोगिन पनि गाह्रो जोगाउन पनि गाह्रो । जवानीको कुरा हो साउनको भेलजस्तै हुन्छ रे । यो बर्खे भेललाई कसले रोकेर रोक्न सकिन्छ र ? जवानीको कुरा जति कठोर बन्छु भने पनि सकिँदैन रे । त्यस्तै भएको छ यहाँ एउटा केटीको माया दुई केटासँग बसेको थाहा भएपछि तनावै तनाव । सुरेश तितुङ र प्रिङलाई पनि ।

आजभोलि वैदेशिक रोजगारको शिलसिलामा विदेशिका मनहरुले सांगीतिक क्षेत्रमा ठूलै लगानी गरिरहेका छन् । मन नेपाली सांगीतिक क्षेत्रमा भए पनि बाध्यता र परिस्थितिले गर्दा आधारभूत आवश्यकता पूर्ति गर्नकै लागि विदेशिएका नेपालीहरुले दिनदिनै एल्बम निकाल्ने, गीत रेकर्ड गराउने, विदेशमै म्यूजिक भिडियो निर्माण गर्ने र आफ्ना सपना पूरा गर्ने गरेका छन् । जापानमा रहेका हवाल लामाले पनि त्यो सपना पूरा गरेका छन् । उनको स्वरमा टीका बमजनको शब्द संगीतमा रहेको ढलक ढलक जोवन ढल्कियो बोलको गीतको म्यूजिक भिडियोसमेत जापनमा नै निर्माण गरिएको छ । फणिन्द्र राईको एरेन्जमा रहेको यो गीतको म्यूजिक भिडियोलाई ओमप्रकाश गुरुङको छायाँकन र निर्देशन रहेको छ । जसमा सुरेश तितुङ र प्रिङको अभिनय रहेको छ । भिडियोको सम्पादन प्रविण हिराचनले गरेका छन् ।

received_820006528116401

सुरेश तितुङको मोडल बन्ने सपना पनि यहि गीतबाट बनेको हो । सुरेश तितुङ अहिले अभिनयतिर हानीएका छन् । उनको रुचि, नाच्ने र विभिन्न ठाउँ घुम्ने रहेको छ । मोडल बन्ने सपना पनि उनको छ । २३ वर्षिय सुरेश अध्ययनका लागि जापन गएका हुन् तर उनको मन भने नेपाली गीतसंगीतमा नै थियो । जापानमा रहेर पनि उनी आफ्नो सपना पूरा गर्ने सोचमा छन् । आफ्नो कला संस्कृतिलाई सदैव साथमा लिएर हिंड्नेछु सुरेशले भने समय मिलाएर म गीतसंगीतमा नै लागिरहनेछु ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु