जवानी सम्हालिदिन गायिका अनिता चलाउनेको आग्रह (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १५ असार २०७४, बिहीबार

असार १५, काठमाडौं । गायिका अनिता चलाउनेको कसले सम्हालिदेला जवानी ? छोटो समयमै राष्ट्रिय स्तरमा ख्याती कमाउन सफल गायिका अनिता चलाउनेलाई यतिबेला जवानी सम्हाल्न गाह्रो भएको छ । त्यसैले आफ्नो जवानी सम्हालिदिनका लागि उनले अनुरोध गरेकी छिन् । वास्तविकता भने उनी जवानी सम्हालिदिनेको खोजीमा भने छैनन् । उनले ‘आउन समाली देउन मेरो जवानी’ बोलको गीत बजारमा ल्याएकी छिन् ।

anita-chalaune

लोकप्रिय गीतकार शान्तिप्रियको शब्द र चर्चित संगीतकार दीपक शर्माको संगीत रहेको यस गीतमा गायिका अनिताको दमदार आवाज सुन्न सकिन्छ । गीतमा हालका चर्चित मोडल अशिस्मा नकर्मी, पुस्पल खड्का र शुशान्त श्रेष्ठको अभिनय हेर्न सकिन्छ । चर्चित भिडियो निर्देशक गम्भीर बिस्टको निर्देशनमा तयार भएको गीतमा नमराज उप्रेतीको छायांकन रहेको यो गीतले छोटो समयमा आम दर्शकको मन जीत्न सफल भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु