जहाँ जान्छु वान्स मोर भन्छन् : पूजा

म्यूजिक खबर
प्रकाशित: ६ आश्विन २०७१, सोमबार

काठमाडौं, ६ असोज । गायिका पूजा न्यौपाने पहिलो एल्बम पूजा बजारमा ल्याउने वित्तिकैदेखि व्यस्त हुन थालेकी छन् । पूजा एल्बमका गीतहरुको सफलतासँगै उनको व्यस्तता बढेको हो । सोलो एल्बम पूजामा गीतकार रमेश अधिकारी, वानी पोखरेल, पुरुषोत्तम ढुंगेलका शब्दमा गायिका पूजाले आफ्नो स्वरको जादू पस्किएकी छिन् । पहिलो गायनबाट सबैको राम्रो प्रतिक्रिया पाएपछि उनले ७÷८ वटा स्टेज प्रोग्राम पनि पाइहालिन् । राजधानीमा भएका कार्यक्रमहरुमा उनले आफ्नो स्वरको जादू पस्किएपछि दर्शक दीर्घाबाट वान्स मोर आउने गरेको उनी बताउँछिन् । मिस तिज, मिसेस तिज, मिस्टर नेपाल, मिसेस आर्यन, गोठाटार महोत्सव लगायतका दर्जनौं प्रोग्राममा उनले गायन प्रस्तुति गरिसकेकी छिन् । जहाँ जान्छु वास्स मोर मात्रै भन्छन् पूजाले म्यूजिक खबरसँग भनिन् ।
यतिखेर अप्सरा गौतमको सोलो शब्दमा सोलो स्वर दिँदै गरेकी गायिका पूजालाई मोफसलका कार्यक्रमबाट पनि बोलाउन थालेका छन् । त्यस्तै विदेशका कार्यक्रमहरुबाट पनि अफर आइरहेको भए पनि उनी यतिखेर सोलो एल्बमको तयारीमा रहेको बताउँछिन् । गायिका पूजाको पहिलो एल्बम पूजामा सलल, मनका कुरा, न तिम्ले जित्यौ, जस्तो छु, सयौं घात जस्ता गीतहरु समावेश छन् । जसमा गीतकार रमेश अधिकारी, वानी पोखरेल, पुरुषोत्तम ढुंगेलका शब्द रहेका छन् भने भरत सिटौला, मेगा लामा, निरोज लामा,राम सिटौला, अर्जुन नेपालीको संगीत रहेको छ । यतिखेर पूजाको गीतहरु डिजिटल प्रविधि, एफएम, टेलिभिजनमा राम्रो चर्चा बटुल्न सफल भएको छ ।

pooja neupane

pooja

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु