जाडो मौसममा ‘सिमसिम पानी प¥यो’

म्यूजिक खबर
प्रकाशित: २ पुष २०७४, आईतवार

२ पुष, काठमाडौं । यो जाडौ मौसम, सिमसिम पानी परेपछिको अवस्था कस्तो होल कल्पना गर्नै गाह्रो । तर यहाँ गायिका मेलिना राईको स्वरमा रहेको गीतले भने सिमसिम पानी पारेको अवस्था छ । जाडोमा पानी पारेर म्यूजिक भिडियो बनाउँदा कस्तो भयो होला त्यो त गीतमा मोडलिङ गर्ने मोडलहरुलाई नै थाहा होला ।


गीतकार सुन्दर पन्तको शब्द रचनामा गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत “सिम सिम पानि पर्यो” सार्बजनिक भएको छ ।
कल्याण सिंहको संगीत रहेको यस गीतमा दिनेश श्रेष्ठको संगीत संयोजन रहेको छ ।

यस्तै गीतको म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, निशान घिमिरेको सम्पादन अनि सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।

कमल सिंह अनि ऋचा थापाको अभिनय रहेको भिडियोमा निता भारतीको मेकअप रहेको छ । भिडियो लाई अप्सन मिडिया एण्ड इन्टरतेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु