जापानबाटै मोडलिङमा जम्दैछन् केन

म्यूजिक खबर
प्रकाशित: २७ माघ २०७२, बुधबार

कलाकारितामा लाग्ने रहर कसलाई हुँदैन र । कहिँ न कहिँ मान्छेलाई आफूलाई कलाकारितामा लगाइरहेको हुन्छ । कलाकारिता मन नपराउने मान्छे कमै भेटिन्छन् । देशमा रहँदा होस् वा विदेशमा रहँदा नेपाली भइसकेपछि नेपाली माटो सुहाउँदो कला पस्कन चाहन्छन् । यतिबेला जापानमा रहेका केन घले आफूलाई कलाकारिताको प्यास मेटाउन तल्लिन छन् । नेपालमा रहँदा रहर मनभरि भए पनि उनले त्यसलाई पूरा गर्न पाएका थिएनन् । तर जापान पुगेर प्रवासको भूमिमा दिनरात काममा खटिरहँदा उनले पनि घरबासको कलासंस्कृतिभित्र रमाउन पुगेका छन् ।

सिन्धुपाल्चोकमा जन्मिएका केन घलेको रहर भनेको मोडलिङ क्षेत्र नै हो । गीतसंगीतलाई सानैदेखि माया गर्ने उनमा अभिनय गर्ने एउटा ठूला कलाकार बन्ने रहर त मनमा थियो तर समयअनुसार उनी चल्नु प¥यो । नेपालीको बाध्यताभित्र उनी पनि विदेशतिर गए तर मनको रहर पूरा गर्ने चाहना भने उनीभित्र रहिरह्यो । मनकै रहर पूरा गर्ने क्रममा केन घलेले जापानबाट आफ्नो अभिनयको यात्रा प्रारम्भ गरेका छन् । उनले जापानमा रहँदा अभिनय गरेको म्यूजिक भिडियो ढलक ढलकले राम्रै सफलता प्राप्त ग¥यो । त्यसपछि केन हौसिए र राजारानी बोलको गीतमा पनि अभिनय गरे । चन्द्र सिंह तमुको स्वरमा रहेको उक्त गीतको म्यूजिक भिडियोमा ओम प्रकाश गुरुङले निर्देशन गरेका छन् । केनको अभिनय रहेको उक्त गीत बजारमा आउने क्रममा नै छ ।

ken ghale

केनको नेपाली संस्कृतिमा रमाउने व्यक्ति हुन् । उनलाई गाउँको कला संस्कृतिले प्रवासमा पनि झझल्काइरहन्छ । जति घरबाट टाढा हुँदै जान्छ मान्छेलाई आफ्नो भूमिको माया बढ्दै जान्छ । उनी जन्मिएको भूमि सिन्धुपाल्चोकको कला संस्कृतिले अझै पनि उनको मनलाई बहकाउँछ, घरतिर फर्कन लगाउँछ । तर बाध्यतामा परेको उनको जीवन घर फर्कन नसके पनि जापानबाटै आफ्नो अभिनयका माध्यमले घर फर्केजस्तै बनाउँछ मनलाई । जे होस् उनको अभिनयको यात्रा प्रारम्भ भएको छ । अरुले अभिनय गरेको देख्दा उनको मनमा पनि रहर जाग्थ्यो, म पनि त्यस्तै क्यामेरा अगाडि देखिएर अभिनय गर्न पाए जस्तो हुन्थ्यो उनलाई । तर समय र परिस्थिति सधैं एकनाश हुन सकेन । उनको अभिनय यात्राको क्रम अब भने निरन्तर हुनेछ । उनी नेपाली कलासंस्कृतिलाई आत्मसात गर्दै अघि बढ्ने दृढ विश्वास लिएर हिंडेका छन् । नेपाली गीतसंगीतको बजारमा उनको अभिनयको यात्राले पक्कै पनि चर्चाको शिखर चुम्ने देखिन्छ ।

ken samari

suresh titung

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु