जापानमा प्रकाशले भने : तोरी भएछ

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

जापान । गायक एवं मोडल प्रकाश सपुतले जापानमा पुगेर गाउँको खबर सुनाउने क्रममा भने ः गहुँ छरेको बारीमा तोरी भएछ । सबै अचम्म परे गहुँ छरेको बारीमा कसरी तोरी भयो ? भुकम्पले हो की पिरतीले ? तर गायक प्रकाश सपुतलाई भने पिरतीले नै गहुँ र तोरी नचिन्ने बनाएको रहेछ । त्यसैले गाउँको खबर सुनाएका उनले गहुँलाई तोरी देख्न थाले, तोरीलाई चाहिँ के देखे कुन्नि ?
यतिखेर गायक प्रकाश सपुत जापानका विभिन्न स्थानमा सांगीतिक कार्यक्रम लिएर दौडिरहेका छन् । आफ्नो चर्चित गीतहरु जापनमा रहेका नेपालीहरुमाझ सुनाउन व्यस्त छन् । उनको पछिल्लो चर्चित गीत गहुँ छरेको बारीमा तोरी भएछ लगायत दर्जनौं गीत उनले गाइरहेका छन् । उनको साथमा सुनिता परियार, डिजे तेन्जिङ र मिलन लामा पनि गएका छन् । उनीहरुको सांगीतिक भ्रमणले जापानमा रहेका नेपालीहरुमाझ मनोरञ्जन प्रदान गरिहेको छ । प्रकाश सांगीतिक भ्रमण सकेर अब छिट्टै नेपाल फर्किँदैछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु