जिग्मे छ्योकीको “तिमीलाई मनपराउनु मेरो गल्ती होईन”

म्यूजिक खबर
प्रकाशित: २९ मंसिर २०७४, शुक्रबार

२९ मंसिर, काठमाडौं । गीतकार दर्पण राईको शब्दले लिपिवद्ध र महेन्द्र राईको संगीतले लयवद्ध गीत “तिमीलाई मनपराउनु मेरो गल्ती होईन” मा बाल गायिका जिग्मे छ्योकी घिसिङले आफ्नो सुमधुर स्वर दिएकी छिन । भर्खरै
बजारमा आएको उक्त गीतको भिडियो बनाएर यूट्यूबमार्फत सार्वजनिक गरिएको छ । केही समयअघि मात्र गीतकार दर्पण राईकै शब्दमा रहेको गीत ‘तिम्ले बाटो फे¥यौं’ गाएर चर्चा बटुलेकी थिइन् । राजेशपायल राईसँग उनले गाएको उक्त गीत निकै चर्चित बन्न सफल भएको थियो । त्यही आशासहित यो गीत पनि जिग्मे छ्योकी घिसिङको लागि चर्चामा आउने विश्वास लिइएको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु