जीवन पनि भोजपुरीतिर

म्यूजिक खबर
प्रकाशित: २६ पुष २०७०, शुक्रबार

काठमाडौं, २६ पुस । कलाकारिता क्षेत्र लागेकाहरु ‘कि नाम, कि दाम’ चाहन्छन् तर नेपाली चलचित्रमा काम अनुसार दाम छैन । त्यसैले कलाकारहरु पछिल्लो समय भोजपुरी चलचित्रतिर आकर्षित हुन थालेका छन् । कुनैबेला नेपाली चलचित्रमा एक्शन हिरोका रुपमा जमेका अभिनेता बिराज भट्ट अहिले भोजपुरीमै व्यस्त छन् । नेपाली चलचित्र उनका लागि विगत बन्दै गएको छ ।
यस्तै, अब अभिनेता जीवन लुइँटेल पनि भोजपुरी भाषाको चलचित्रमा देखिने भएका छन् । नेपाली चलचित्रमा व्यस्त जीवन ‘महासंग्राम’ मा देखिने भएका हुन् । भोजपुरी र नेपाली भाषामा निर्माण हुुने ‘महासंग्राम’ मा जीवन र अभिनेत्री सिमा केसीको ‘अनस्क्रिन’ रोमान्स रहने छ । चलचित्रको निर्माण तथा निर्देशन बिएस बलामीले गर्न लागेका हुन् । निर्देशक बलामीले भने, ‘महासंग्राममा जीवनलाई लिएर काम गर्दैछु ।’ भोजपुरी भाषामा बन्ने उक्त चलचित्रमा काम गर्न जीवन राजी भएको बलामीले बताए । उनका अनुसार ‘महासंग्राम’ रोमान्स तथा एक्शन थ्रीलर चलचित्र हो, जसमा जीवन र सिमा मुख्य भूमिकामा देखिने छन् ।
माघको अन्तिम साताबाट छायांकन हुने ‘महासंग्राम’ मा जीवन र सिमाका अलावा अनिल शाह र नन्दुश्री वास्तवको पनि मुख्य अभिनय रहने छ । चन्द्र चौधरीको निर्माण रहने चलचित्रको छायांकन पूर्वी तराईका विभिन्न जिल्लाका हुने बलामीले बताए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु