जीवन साथी गलत पर्दा भौतारिँदै विषम

म्यूजिक खबर
प्रकाशित: २६ मंसिर २०७३, आईतवार

काठमाडौं, २५ मंसिर । रहरै रहरमा एउटा गीतको म्यूजिक भिडियोमा अभिनय गरेर अष्ट्रेलिया हानिएका मोडल बिषम गौतमको अभिनय मोहलाई अष्ट्रेलियाको व्यस्त जीवनले रोक्न सकेन । उनले व्यस्त जीवनको केहि समय निकालेर अभिनय गरेका छन् । उनले अभिनय गरेको पछिल्लो गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको छ ।


गीतकार प्रकाश केसीको शब्द तथा संगीतकार सन्तोष श्रेष्ठको संगीतमा गायक सरद समिपले गाएको गीतमा विशमले अभिनय गरेका हुन् । विषमलाई अभिनयमा आशिका सेडाइले साथ दिएकी छिन् । हेल्लो अस्टेलियकाका निर्देशक जीवन रसाइलीले उक्त गीतको भिडियोलाई निर्देशन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु