जुनी बिताउने साथी खोज्दै अन्जु लण्डनमा

म्यूजिक खबर
प्रकाशित: १५ कार्तिक २०७२, आईतवार

बैबाहिक जीवन टुटेर लामो समय देखि सिङ्गल रहदै आएकी चर्चित गायिका अन्जु पन्त कसैलाई जुनि जुनि तिमी मेरो बन भन्दैछिन। त्यो पनि नाच्दै र गाउदै सपनाको शहर लण्डनमा। केही समय अगाडि कार्यक्रमको शिलाशिलामा लण्डन पुगेकी अन्जुले यसो गरेकी हुन।
सुमधुर श्वर र आकर्षक सौन्दर्यले चर्चित अन्जु पन्तलाई स्क्रिनमा हेर्ने रहर उनका बहुसंख्यक फ्यानहरुलाई थियो। अन्जुले उनको फ्यानहरुको चाहना गीतकार नृपेश उप्रेतीको नया गीतमा मार्फत पूरा गरिदिएकी छन। अहिलेका सार्वधिक सफल संगीतकार अर्जुन पोखरेलको संगीतको जुनि जुनि बोलको उक्त गीतको छायांकन लण्डनमा गरिएको हो। जसमा अन्जुले मोडल बिदुर अधिकारी र साराको साथमा नाच्ने गाउने गरेकी छन। अन्जली केसिको डिजाइनर ड्रेसहरुमा लण्डनको थेम्स नदि वरपर अन्जुलाई निर्देशक कुशल श्रेष्ठले नचाएका हुन। अन्जुको साजसज्जाको लागि लण्डनको प्रोफेसनल मेकअप आर्टिस्ट श्रदा मास्केलाई हायर गरिएको भिडियो निर्मात्री सोबिता उप्रेती बताउछिन।

anju_panta_juni_juni_1
अन्जु पनि आफनो यो गीत बाट निकै नै खुशी छिन। ूयो गीत मैले गाउने भन्दा अलि फरक शैलीको फास्ट डान्स गर्न मिल्ने छ। त्यसैले आफै यो गीतको भिडियोमा नाचेकी हु। छिटै नै सार्वजनिक हुने एल्बम ूआहान अर्को खुशीूमा अन्जुको यो गीत रहने छ। यस अघि सार्वजनिक भएको गीतकार उप्रेतीको खुशी एल्बमको प्रमोद खरेल र शिव परियारले गाएको ूआफ्नै जिन्दगी आफैलाई भारी भारी भाको छ गजलले निकै चर्चा साथै एवार्डहरु पनि जितिसकेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु