जेठ ४मा रिलिज डेट तोकिएको ‘हैरान’को पोष्टर सार्वजनिक पोष्टरमा पात्रको लुक्स र थिम प्रष्ट्याउने कोशिष

म्यूजिक खबर
प्रकाशित: २१ चैत्र २०७४, बुधबार

चैत्र २१, काठमाडौं । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ’हैरान’को फस्टलुक अन्तर्गत पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा फिल्मको सम्पूर्ण पात्रको लुक्स र फिल्मको थिम प्रस्ट्याउने कोसिस गरिएको छ । वरिष्ठ पत्रकार शान्तिप्रिय , वरिष्ठ कलाकार सरोज खनाल र फिल्म टिमले संयुक्त रुपमा पोष्टर सार्वजनिक गरेका थिए ।

डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो फिल्म लियर आउने तयारी गरिरहेका छन् ।

विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको चलचित्रको पोष्टरमा ‘हैरान’ का सबै कलाकार अटेका छन् । निर्देशक विष्ट आफूले राम्रो काम गर्न कुनै कसर बाँकी नराखेको बताए । फिल्मलाई कमेडी जनरमा तयार पारिएको छ ।

सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, बुद्धि तामाङ, सागर लम्साल (बले), निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मालगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रकी कार्यकारी निर्मात्री सम्झना पोखरेल हुन् ।

डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् । चलचित्रलाई कमेडी जनरमा तयार पारिएको छ ।

चलचित्रमा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको छ ।

‘हैरान’ मा नवराज उप्रेती र निरज कडेलको छायांकन, अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।

फिल्ममा गीत लेख्नसँगै यसको कास्टिङ निर्देशन शान्तिप्रियले गरेका हुन् ।

सौगात विष्ट,”पहिलो फिल्ममैले फ्यामिली ड्रामा बनाएको थिए भने यसपटक सस्पेन्स , थ्रिलर बनाउने कोसिस गरेको छु । मलाइ टेक्निकल निर्देशकको रुपमा अंकल गम्भीरले सहयोग गर्नु भएको छ । फिल्मको कथा सुहाउदो पात्र छनोट गरेका छौ । फिल्मको पोष्टर सार्वजनिक भएको छ , यसलाई हेरेर प्रतिक्रिया दिनु होला ।”

सरोज खनाल,”फिल्मको कथावस्तु निकै राम्रो छ । यसैले गर्दा मैले अभिनय गरेको हु । फिल्मको कथा रमाइलो बनेको छ , साथै टिमले राम्रो बनाउने कोसिस गरेका छौ । यसमा अघिल्ला फिल्म भन्दा केहि फरक नै छ । पोष्टरमा पनि हामी चरित्र अनुसार नै आफुलाई प्रस्तुत गरेका छौ ।”

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु