जेठ ८ मा ‘अधकट्टी

म्यूजिक खबर
प्रकाशित: २८ फाल्गुन २०७१, बिहीबार

काठमाण्डौ । प्रदीपकुमार उदयको निर्माणमा तयार भएको चलचित्र ‘अधकट्टी’ ले प्रदर्शन मिति आउदो बर्षको जेष्ठ ८ मा घोषणा गरेको छ । यस अघि फागुन १ मा प्रदर्शन हुने भनिएता पनि विभिन्न कारणले गर्दा प्रदर्शन मिति सारेको थियो ।

पत्रकारितामा स्थापित नाम बनाएका सुब्रत आचार्यले चलचित्रलाई निर्देशन गरेका हुन् । चलचित्र गत फेब्रुअरी १ मा गरेको अष्ट्रेलिया प्रिमियरबाट राम्रो प्रतिक्रिया पाएको थियो भने आउदो अप्रिल २५ मा फेरी शो हुने अष्ट्रेलिया निर्मात्री अर्चना थापाले जानेकी छिन ।

फिल्ममा विल्सन विक्रम राइ , गौरव पहाडी , अशिष्मा नकर्मी , रिश्ता बस्नेत , प्रदीप बास्तोला लगायतको अभिनय रहेको छ । यसका साथै यसमा नम्रता श्रेष्ठ र गजित बिष्ट पनि बिशेष भूमिकामा छन् ।

कमेडी जनरामा निर्मित यस फिल्मको ‘ओहे ओ’ र ‘फिगर कोकाकोला’ बोलको गीतले दर्शकको मन जितिरहेको छ भने यसको टिजरमा देखिएको कलाकारको लुक्सलाइ पनि दर्शकले रुचाइरहेका छन् । हरि लामाले खिचेको यस फिल्ममा सम्पादन बनिश शाहको रहेको छ । द्वारिका उदय प्रोडक्सनको ब्यानरमा निर्मित यस फिल्ममा सुमिता रञ्‍जित उदय कार्यकारी निर्मात्री छिन भने नरेश पाण्डे र चैतन्य बराल सह(निर्माता हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु