‘जोगाउनु छ कालापानी’ धेरै भिवर्स सँगै प्रशंसा बटुल्दै (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २६ जेष्ठ २०७४, शुक्रबार

जेठ २६, काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक पशुपती शर्मा र लोक गायीका कला पंगेनीको आवाजमा रहेको फरक धारको गीत “जोगाउनुछ कालापानी बचाउनुछ सुस्ता, जागरुक बनाउनुछ हाम्ले नयाँ पुष्ता” बोलको गीतले ३ लाख बढी भिवर्स प्राप्त गरेको छ । गीतले भिवर्स मात्र होइन भिवर्सबाट प्रशंसा समेत औधि नै प्राप्त गरिरहेको छ ।

jogaunu cha kalapani copy

प्राय आफै द्वारा लेखीएका र फरक धार र फरक फरक आशयका गीत हरु मात्र गाउने गायक शर्माले यसपटक भने दुर्गा पंगेनी द्वारा लिखीत गीत गाएका छन । मलाई अमेरीका यही पछी प्राय गीत हरु माया प्रेम प्याटर्नमा निकालेको र आफुले फरक स्वादको गीत खोजीरहेको बेलामा दुर्गा पंगेनीले पठाएको शब्द मन परेको कारण आफु गीत प्रति आकर्षित भएको कुरा गायक शर्माले बताए ।

jogaunu cha kalapani copy
यो गीत निकै शंदेशमुलक समेत रहेको छ । गीतमा परदेशीएका युवाहरुको जमातलाई रोक्ने आशय झल्काइएको छ । गीतमा लय समेत गायक शर्मा आफैले भरेका छन । आठ मीनेट लामो दोहोरी गीतमा गायक शर्मा लाई लोकप्रिय दोहोरी गायीका कला पंगेनीले साथ दिएकी छन् । देशमा भित्रभित्रै फैलिदै गएको जातीवादको आगो र राजनैतिक अतिवाद लाई समेत गीतमा समेटीएको छ । समय फेरीदो क्रम संगै समाजमा आम जिन्दगीका कुराहरु, परम्पराहरु र मानविय स्वार्थहरु कसरी फेरीदै गईरहेका छन भन्ने कुरा गीतमा प्रस्तुत गरीएको छ ।

कृष्ण फिल्मसको पोष्ट प्रोडक्सन रहेको गीतको भीडीयो चर्चित निर्देशक शंकर विसीले निर्देशन गरेका छन् । क्यामरामा सुरेश श्रेष्ठ छन भने अभिनयमा गायक पशुपती शर्मा आफैं, गायीका कला पंगेनी र अर्का मोडल विपेश घिमीरे, नायीका विनु खड्काको साथमा हास्य कलाकार भटभटे माईलाले समेत काम गरेका छन ।

मिचीएको सिमानाको कुरा अनी देश बचाउने कुराहरु समेटीएको कारण गीतको भावना अनुसार काम गरेको र गीत पनि निकै मन परेको कुरा मोडल विपेश घिमीरेले बताए । चर्चित संगीत संयोजक विनोद वाजुरालीको संगीत संयोजन रहेको उक्त गीत गायीका कला पंगेनीको युट्युव च्यानलमा हेर्न सकिनेछ ।

हेर्नुहोस् भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु