ज्यानै खाने मायामा भूमिका

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

काठमाडौं । माया प्रेम पनि अचम्मको छ, कसैको ज्यानै लिन्छ त कसैलाई खुशी दिन्छ । कहिले मायामा नै तड्पिएर हिंड्नुपर्ने अवस्था पनि आइपर्छ । गायिका भूमिका शाह शंकरलाई पनि यस्तै भएको छ । उनको अहिलेको माया पनि ज्यानै खाने परेछ । उनका मनका पीडाहरु निकै भावनाको गहिराइमा पुगेका देखिन्छन् । भमराझैं डुलिहिंड्ने रैछ तिम्रो बानी, कस्तो माया लाएँ सत्य कसम ज्यानै खाने भन्दै मनका पीडाहरु पोख्दै छिन् गायिका भूमिका ।
लोकदोहोरीमा पहिचान खोज्दै गर्दा गायिका भूमिका आधुनिक गीततर्फ मोडिएकी छिन् । आफ्नै शब्द, संगीत र स्वरमा बजारमा ल्याएको गीत भमराझैं डुलि हिंड्नेबाट उनको आधुनिक यात्रा अगाडि बढेको छ । हरि लम्सालको एरेन्जमा फोर एस मिडियाबाट बजारमा आएको यस गीतमा कृष्ण सुनार र शान्ति नेपालीको अभिनय रहेको छ । केही चलचित्र र म्यूजिक भिडियोमा अभिनय गरिसकेपछि अमेरिकातिर लागेका कृष्ण सुनार केहीसमय पहिला मात्र नेपाल आएर दुई चार वटा म्यूजिक भिडियोमा अभिनय गरी पुनः अमेरिका फर्किएका छन् । यस म्यूजिक भिडियोलाई मिलन अभागीले निर्देशन गरेका छन् । मिलन शंकरको छायाँकन रहेको यस भिडियोमा शंकर कोनेको सम्पादन रहेको छ । यतिबेला यो गीतले सामाजिक सञ्जाल, यूट्यूबहरुमा राम्रो चर्चा पाइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु