ज्योतिको ढाडे विरालोले ततायो प्रतिष्ठानलाई – विज्ञप्तिसहित

म्यूजिक खबर
प्रकाशित: ३० श्रावण २०७२, शनिबार

यतिबेला ढाडे विरालो नाम गीतको हर्कतले बजार तताएको छ । यस गीतमा अभिनय गरेकी गायिका ज्योति मगरको सर्वत्र नकारात्मक चर्चा हुन थालेको छ । यस गीतमा स्वर दिने गायिका श्रीदेवी देवकोटा र गायक प्रकाश कटुवाल, अभिनय गर्ने ज्योति मगर र भद्रगोल सिरियलका बले र कक्रोज सबै चर्चाको शिखरमा पुगेका छन् । तर चर्चा कसरी लिने भन्ने कुरामा यो ढाडे विरालो नाम गीत नकारात्मक धारमा रहेको औंल्याउँदै लोक तथा दोहोरी गीत प्रतिष्ठानको ध्यानाकर्षण भएको छ ।
प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा र महासचिव रमेश बिजीको संयुक्त हस्ताक्षरसहित साउन ३० गते शनिबार प्रकाशित विज्ञप्तिमा भनिएको छ ः वर्तमान अवस्थामा नेपाली मौलिक लोक गीत संगीतका क्षेत्रमा मौलाउँदै गएको विकृति, विसंगीततर्फ लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । लोकगीत संगीतलाई सभ्य, भद्र र मर्यादित रुपमा अघि बढाउनु पर्दछ भन्ने मूल्य र मान्यता बोकेको प्रतिष्ठानको तर्फबाट यस क्षेत्रसँग सम्बद्ध पक्ष –गायक, गायिका, सर्जक, निर्माण, संगीतकार, निर्देशक आदि सबैमा नेपालीहरुको परम्परा र पहिचान बोकेको सामाजिक एकता र सद्घावको आधारशिलाको रुपमा रहेको लोकगीत संगीतलाई सामाजिक मूल्य मान्यता, विधि विधान, शिष्टता र मर्यादा विपरीत हुने गरी उत्पादन र सार्वजनिक नगर्न अनुरो छ ।

lok
भर्खरै सामाजिक सञ्जाल र संचार माध्यममा प्रकाशित, प्रसारित भएका लोकगायिका ज्योति मगर, ढाडे विरालो सांगीतिक एल्बम युनिट र अन्य कलाकारसँग सम्बन्धित समाचार, टीकाटिप्पणीप्रति प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण छ विज्ञप्तिमा भनिएको छ । कसैले पनि सामाजिक मर्यादामा आँच आउने शब्दहरु भएका गीत सार्वजनिक नगर्न नगराउन र लोकगीतहरुमा समाजले पचाउन नसक्ने अश्लिलता झल्कने अभिनय नगर्न नगराउन सचेत गराइएको छ । संचारमा माध्यममा सार्वजनिक भइसकेका भद्धा र अमर्यादित लाग्ने गीतहरुलाई बढावा नदिन र प्रोत्साहित नगर्न संचारमाध्यमसँग आग्रह गर्दै प्रतिष्ठानले सबैमा आग्रह गरेको छ ।
संस्थाको पदीय जिम्मेवारीमा रहेर लोकगीत, संगीतको मर्म र भावनामा ठेस पुग्ने प्रकृतिका सांगीतिक संग्रह सार्वजनिक गर्न गराउन कुनै किसिमको भूमिका रहनु संस्थाको लक्ष्य र आदर्श विपरीत कार्य हुनेछ भन्दै प्रतिष्ठानले विकृति र विसंगतिलाई निरुत्साहित गर्न सबैमा आग्रह गरेको छ । ढाडे विरालो जस्ता गीतहरुले बजारमा पाइरहेको व्यापकताको निरुत्साहित गर्दै प्रतिष्ठानले सबैलाई सजग गराउन, अमर्यादित किसिमका गीतसंगीतलाई निरुत्साहित गर्न योजनाबद्ध तरिकाले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । सामाजिक वैभवका रुपमा रहेको लोकसंगीतको महिमा र मर्यादामा खलल पुग्न नदिन नेपाल सरकार र सम्बद्ध निकायहरुको ध्यानाकर्षण गराउँदै कानुन अबलम्बन गरी सामाजिक सद्भाव फैलाउने किसिमका गीतसंगीतप्रति कारवाही गर्न पनि प्रतिष्ठानले सम्बन्धित निकायलाई आग्रह गरेको छ । निकट भविष्यमा गीतसंगीत क्षेत्रका विद्धान, अनुभवी र अग्रजहरुको उपस्थितिमा लोकगीत संगीतका क्षेत्रमा बृहत छलफल र अन्तरक्रिया गर्न ‘गीत संगीतको वर्तमान अवस्था र हाम्रो भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजन ागर्न गइरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु