ज्योति र दिनेशको मस्ती हेर्ने कि नहेर्ने ?

म्यूजिक खबर
प्रकाशित: २५ मंसिर २०७२, शुक्रबार

ज्योति मगर अहिलेकी चर्चामा रहेकी मोडल, उनको नाफै काफी छ । उनले खेलेको भिडियो आएपछि बजारमा एकचोटी चर्चा नहुने कुरै भएन । कि रेखाको चल्छ, कि देखाको चल्छ भन्ने उनको डायलग जति चर्चा भयो उनको अभिनयको पनि उत्तिकै चर्चा भयो । यस्तो चर्चामा ल्याउने काम भने शंकर बिसीले नै गरेका हुन् । पछिल्लो समय उनको एउटा म्यूजिक भिडियो आएको जसमा दिनेश थापा र ज्योति मगरको मस्तीको दृश्यले हेर्ने कि नहेर्ने के गर्ने गर्ने सोच्नै नसक्ने बनाउँछ । यसमा पनि शंकर बिसीले दिनेश र ज्योतिलाई के गर्नी गर्नी बनाएका छन् । गीत पनि आफैं द्विविधामा छ, मोडलहरुको त कुरै छाडौं ।

jyoti magar
खुमन थापा मगरको पहिलो प्रस्तुति रहेको के गर्नी गर्नी मायामा धोका दिने केटीलाई गोली ठोक्नु पर्नी बोलको गीतमा सम्झना लामिछाने मगर र सुमन थापाको स्वर रहेको छ । तिर्सना म्यूजिकले बजारमा ल्याएको यो गीतमा दिनेश थापा, ज्योति मगर र हाँस्य कलाकार विष्णु सापकोटाको अभिनय रहेको छ । कमल जिसीको लय शब्द रहेको गोली ठोक्नु पर्नी बोलको गीतको म्यूजिक भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् भने नवीन घर्तीमगरको सम्पादन रहेको छ । भिडियोलाई कृष्ण फिल्म्सले निर्माण गरेको हो ।

jyoti magar_dinesh thapa


म्यूजिकखबर फेसबुक, ट्विटरयूट्युबका लागि यहाँ क्लिक गर्नुहोला

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु