टपटेन छनौटमा पाथीभरा सिंगिङ आईडल

म्यूजिक खबर
प्रकाशित: २५ जेष्ठ २०७३, मंगलवार

धरान । पूर्वाञ्चलको रमणीय सहर धरानमा सम्पन्न भईरहेको ‘पाथीभरा सिंगिङ आईडल–२०७३’मा अहिले टपटेनको लागि दश जना प्रतियोगीहरु छनौट भएका छन् । पाथीभरा डिजिटल रेकर्डिङ स्टूडियो इटहरीले आयोजना गरेरको उक्त कार्यक्रममा तीन सय भन्दा बढी प्रतिस्पर्धीले भाग लिएका थिए । आयोजनामा तीन सय भन्दा बढी प्रतिस्पर्धीहरुलाई उछिन्दै टपटेनमा पर्न सफल हुनेहरुमा प्रेम आङ्दाम्बे, भक्त विश्वास, पुष्पराज बस्याल, सगुन आङ्दाम्बे, अनिषा मैनाली, शुभश्रीया दवाडी, अमिता खड्का, राजिना श्रेष्ठ, प्रसु सुनुवार र अपेक्छा राई रहेका छन् । गायक बालकृष्ण कार्की, एपी शेर्पा र आयोजकको तर्फबाट बरिष्ठ गायक, संगीतकार बलराम समाल निर्णायक मण्डल रहेको पाथीभरा सिंगिङ आईडल २०७३ को अन्तिम प्रतिस्पर्धा यही जेष्ठ २९ गते शनिबार हुनेछ ।

topten idal

 

प्रतियोगितमा प्रथम हुनेलाई ५० हजार, एउटा गीत रेकर्डिङ र सोही गीतको म्युजिक भिडियो निर्माण, दोश्रो हुनेलाई २५ हजार र एउटा गीत रेकर्डिङ र तेश्रो हुनेलाई १५ हजार र एउटा गीत रेकर्डिङ गर्ने अवसर पाउने छन् । २९ गते हुने फाईनल प्रतिस्पर्धामा सहभागी हुन गायिका कुन्ति मुक्तान र तारा थापा कार्यक्रम स्थल पुग्नु हुनेछ भने दार्जलिङ र धरानका वाद्यवादन टोलीले प्रत्येक्ष प्रस्तुती दिनेछ । हिमशिखर टेलिभिजनले कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु