टप अफ द वल्र्डमा सराडा

म्यूजिक खबर
प्रकाशित: १४ बैशाख २०७४, बिहीबार

बैशाख १४, काठमाडौं । अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस टप अफ द वल्र्ड २०१७’मा नेपालको प्रतिनिधित्व सराडा परियारले गर्ने भएकी छन् । ‘मिसेस टप अफ द वल्र्ड’का लागि आधिकारिक प्राप्त संस्था इप्लनेट र ग्रिन आर्ट मिडियाले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना सहित प्रतियोगी सार्वजनिक गरेको हो ।

6_high res

कार्यक्रममा ‘मिसेस टप अफ द वल्र्ड २०१६’की सहभागी रजनी थापाले सराडालाई ताज पहिराउँदै ‘मिसेस टप अफ द वल्र्ड २०१७’का लागि बाटो खुल्ला गरेकी हुन् । थापा गतबर्षको प्रतियोगीतामा उत्कृट चार भित्र अटाउन सफल भएकी थिइन् ।

परियार राजधानीमा आयोजित प्रारम्भिक चरणको छनौटमा तीन दर्जन प्रतियोगिलाई पछि पार्दै छानिन सफल भएकी हुन् । कोरियोग्राफर अनिला श्रेष्ठ, ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौल, मेकअप आर्टिस रस्मी श्रेष्ठ, फेसन डिजाइनर प्रज्वल श्रेष्ठ लगायत निर्णायक मण्डलले उनलाई प्रतियोगिताका लागि छनौट गरेको हो ।
प्रर्यटन बिकाशको नाराका साथ आयोजना हुँदै आएको ‘मिसेस टप अफ द वल्र्ड’मा नेपालका प्रर्यटकिय स्थल र कलासंस्कृतिका बिषयमा बिशेष आफुले प्रस्तुति दिने परियारले बताइन् । बिभिन्न प्रशिक्षण सहित परियारलाई प्रतियोगितामा पठाउन लागेको इप्लानेटका सन्तोस सापकोटाले बताए । प्रतियोगीता आगामी मे अत्यमा युरोपको लेटभिया राज्यमा आयोजना हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु