टाइगर द रियल हिरोको मुहूर्त

म्यूजिक खबर
प्रकाशित: १२ मंसिर २०७०, बुधबार

राजु गिरीद्वारा निर्देशन गरिने टाइगर द रियल हिरो नाम राखिएको चलचित्रको गत मंगलबार एक कार्यक्रमको आयोजना गरी मुहूर्त गरिएको छ । फूल स्टप, वर्षात् जस्ता चलचित्रहरु निर्माण गरेका निर्माता मोहनकृष्ण श्रेष्ठ र हालै मात्र मिस नेपाल नामक चलचित्र निर्माण गरेकी शुभेच्छा थापाले यो चलचित्रलाई संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । राजु गिरीको निर्देशन रहने यो चलचित्रलाई सुशील पोखरेलले लेखेका छन् ।

शुभेच्छा इन्टरटेनमेन्ट प्रालि र एमके इन्टरटेनमेन्ट प्रालिले संयुक्त रुपमा चलचित्र बनाउने भएका हुन् । चलचित्र टाइगर द रियल हिरोमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहनेछ भने सञ्जय लामाको छायाँकन, अशोक रोक्काको श्रृंगार एवं बनिश शाह र अर्जुन जिसीले चलचित्रको सम्पादन गर्ने जानकारी दिइएको छ । राजु गिरीका सबैजसो चलचित्रमा संगीतकार रहेका अर्जुन पोखरेल यो चलचित्रमा पनि संगीतकार रहनेछन् भने चलचित्रका गीतहरु क्रमशः शान्तिप्रिय, उत्तम गौडेल र लोकराज अधिकारीले लेखेका छन् । चलचित्रका निर्मात्री एवं कलाकार शुभेच्छा थापासहित यस चलचित्रमा दिव्यश्वेर गौतम, सुस्मिता शाही, समिक्षा अर्याल, अशोक फुयाँल, सुरज रानाभाट, अमित पौडेल, सुशील पोखरेल, भीमा मैनाली, रोजन भट्टराई, मोहनकृष्ण श्रेष्ठ, सिमन दाहाल एवं निरोज पोखरेलसहित नयाँ पुराना कलाकारहरुको जमघट यस चलचित्रमा रहनेछ भने निर्माण नियन्त्रकका रुपमा केशव घिमिरे रहेका छन् । मूहूर्त समारोहमा चलचित्र पत्रकार एवं चलचित्रकर्मी अतिथिहरुको उपस्थिति रहेको थियो । पछिल्लो चरणमा व्यावसायिक चलचित्रहरुको निर्देशन गर्दै आएका निर्देशक राजु गिरीले आफ्नो पछिल्लो चलचित्र पनि व्यावसायिक फुर्मलाको हुने बताए । यसै अवसर शुभेच्छा थापाले निर्माण गरेको चलचित्र मिस नेपालको अडियो विमोचन पनि गरिएको  थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु