टिन आइडल र लिटिल आइडलको प्रतिभा

म्यूजिक खबर
प्रकाशित: ११ श्रावण २०७१, आईतवार

काठमाडौं । एक्सन इन्टरटेनमेन्ट प्रालीको आयोजनामा भएको मिस टिन आइडल २०१४ र मिस लिटिल आइडल २०१४ मा सहभागी प्रतियोगीले एकैमञ्चमा आआफ्नो प्रतिभा प्रदर्शन गरेका छन्। मिस ट्यालेन्ट उपाधीका लागि शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा भएको प्रतिष्पर्धामा दुवै प्रतियोगीताका प्रतियोगीले गीत, नृत्य, विचार अभिव्यत्ति, प्रहसन, उद्घोषण एवं बाद्यवादनलगायत विभिन्न विधामार्फत आआफ्नो दक्षता प्रस्तुत गरेका हुन्।
प्रतियोगीतामा गीतकार एवं लेखक डा. रामविक्रम सिजापती, नायक दयाहाङ राई, मिस मंगोल नेपाल २०१४ एनिस्ता गुरुङ, गायक रोज मोत्तान, मिस मंगोल नेपाल २०१३ की सेकेन्ड रनरअप सोनु श्रेष्ठ र मिस मंगोल नेपाल २०१४ की फस्ट रनरअप एनी गुरुङ सम्मिलित निर्णायक मन्डल रहेको थियो।
सन् २००९ देखी मिस मंगोल र मिस लिटिल आइडल प्रतियोगीता आयोजना गर्दै आएको एक्सन इन्टरटेनमेन्टले यसवर्ष देखी मिस टिन आइडल पनि सुरु गरेको हो। मिस टिन प्रतियोगीतामा १५ जिल्लाका २३ प्रतियोगी अन्तिम प्रतिष्पर्धामा उत्रिएका छन। उता मिस लिटिल आइडलको भने यो छैटौं संस्करण हो। जसमा २२ विद्यालयका ५२ जना प्रतियोगी अन्तिम प्रतिष्र्धामा उत्रिएका छन।
प्रशिक्षणका क्रममा रहेका यी दुवै प्रतियोगीताका प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिइरहेका छन। आयोजक संस्थाकी प्रबन्ध निर्देशक चन्दा घिसिङका अनुसार मिस टिन आइडल साउन १६ गते शुक्रबार र मिस लिटिल आइडल १७ गते शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छ।

a6 a4 a3 a2 a1

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु