टीका प्रसाईं सिड्नीबासी नेपालीहरूलाई नचाउन अष्ट्रेलिया जाने 

म्यूजिक खबर
प्रकाशित: ११ असार २०७४, आईतवार
असार ११, काठमाडौं । नाई मलाई थाहा छैन, तिमी मलाई मन पर्छ, चट्ट सलाम, तिमी भन्छौ भने, कान्छी रे, सेल्फ़िको जमाना जस्ता दर्जनौं चर्चित गीतहरुका साथै हरेक किसिमका संगीत प्रेमीहरूको मन जित्न सफल गायिका टीका प्रसाईं सिड्नीबासी नेपालीहरूलाई नचाउन सिड्नी आउने भएकी छन् ।
tika-prasain
‘संसारा’ र ‘माया द मैजेस्टिक’ले आयोजना गर्न लागेको ‘तीज संगालो’ कार्यक्रममा टीका प्रसाईंका अलावा सिड्नीमा बस्ने अन्य नेपाली कलाकारहरुको पनि प्रस्तुति हुनेछ । अष्ट्रेलियाका विभिन्न सहरमा बसोबास गर्नु हुने नेपाली महिला तथा नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरेको छ । कार्यक्रम २२ जुलाईका दिन सिड्नीको ओवर्नस्थित ग्रान्ड प्यालेसमा साँझ ५:३० बजे देखि सुरु हुने कुरा आयोजकले जानकारी गराए |
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु