टुहुरो भएँ म :आसुसेन

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

काठमाडौं । गायक, संगीतकार आसुसेन लामा टुहुरो भएका छन् । दोलखामा जन्मिएका आसुसेनले भने – जहाँ जन्मे र हुर्केँ त्यो ठाउँ आज विरानो भयो, मातृभूमिको संरचना भत्किएर गयो, त्यसैले म टुहुरो भएँ । आमा गुमाएँ, बाबा गुमाएँ म टुहुरो भए भन्दै भुकम्पले दिएको पीडालाई गीतमार्फत् व्यक्त गरेका छन् ।
मनमनै मन पराउन बोलको गीतबाट सांगीतिक पाइला टेकेका गायक आसुसेन लामाले धेरै संगीत र गीत रचना गरेका छन् । सन् २००८ सालमा पहिलो एल्वम ‘माइक’ निकालेका उनले ‘सूचना’ ‘सानो संसार’ लगायतका एल्बमहरु बजारमा ल्याइसकेका छन् ।
गायक प्रशान्त तामाङले इण्डियन आइडियल भएर नेपाल आइसकेपछि आसुसेनको शब्द र संगीतमा अरे क्यानाम, मन साइँलीजस्ता गीत गाए । ती गीतहरुले प्रशान्त तामाङलाई पनि नेपाली सांगीतिक क्षेत्रमा चिनायो भने आसुसेनलाई पनि सांगीतिक उचाई दियो ।

आसुसेनले करिब ४० भन्दा बढी गायक गायिकालाई आफ्नो संगीतमा प्रस्तुत गरे । ती गीतहरुमा १५ भन्दा बढी गायकगायिका हिट हुन पुगे । करिब दुई हजारभन्दा बढी गीतमा कम्पोज गरिसकेका लामाले चलचित्र मेरो बेस्ट फ्रेण्ड, जिन्दगी रङ, तिम्रो घर मेरो ससुराली, द ग्याङ, थुक्क जिन्दगी लगायतमा संगीत दिइसकेका छन् । यतिखेर आसुसेनका गीतहरु चर्चाका शिखरमा छन् । ढुंगामा बोलको गीत उनको यतिखेर डिजिटल प्रविधिमा अग्रस्थानमा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु