ट्रकले धक्का दिंदा निर्मात्री रेखा थापाको कार दुर्घटनामा

म्यूजिक खबर
प्रकाशित: २५ आश्विन २०७४, बुधबार

असोज २५, काठमाडौं। कात्तिक २ गतेदेखि अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्र ‘रुद्रप्रिया’ प्रचार प्रसारमा रहेकी अभिनेत्री तथा निर्मात्री रेखा थापाको कार दुर्घटनामा परेको छ । चल्चित्र ‘रुद्रप्रिया’को प्रदर्शन मिती नजिकिदै गर्दा गर्दा उनि चढ्ने कार दुर्घटनामा परेको हो।

टिभी फिल्मीबाट अन्र्तवार्ता दिएर अम्बे अपार्टमेन्ट फर्कंदै गर्दा बुधबार दिउँसो करिब सवा १२ बजे चावाहिलमा माल बाहक ट्रकले धक्का दिंदा उनि चढ्ने कारको धेरै भागमा क्षति पुगेकोभएपनी उनलाई भने ट्रकको ठक्करबाट कुनै क्षति भएको छैन ।

 

आफैंले चलाएको कारलाई माल बाहक ट्रकले ठक्कर दिंदा निमेषले बाँच्न सफल भएको रेखा र ट्रक चालक यतिबेला गौशला प्रहरी वृत्तमा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु