ठेट मौलीक तीज गीत-आँगनीको डिलैमा …

म्यूजिक खबर
प्रकाशित: ३ श्रावण २०७४, मंगलवार

ghanamaya-ranaसाउन ३, काठमाडौं । गायिका घनमाया राना हिन्दु नारीहरुको महान सांस्कृतिक पर्व तीजको अवसरमा मौलीक गीत लीएर श्रोता तथा दर्शकमाझ आएकी छन् ।  बिसंगतीका बिचमा विकृत शब्द र लयमा तीजका गीतहरु आइरहेका बेलामा घनमाया रानाको यो गीत भने मौलकि रहेको छ । पछिल्लो समयमा तीजका गीतहरु छाडाहुँदै गएको अवस्थामा संगीतकार सन्तोष श्रेष्ठले यस गीतलाई ठेट मौलीक तीज गीतको लयमा उतारेका हुन् ।

आँगनीको डिलैमा शितलु प¥यो
पीपलु छायाँले हो की बरीलै
तीज आउने बेलामा बाडुल्की लाग्यो
आमाको मायाले हो की बरीलै ………………

गीतकार शान्तिप्रियको शब्दमा संगीतकार सन्तोष श्रेष्ठले मौलिकपनलाई राम्ररी उतारेका छन् । निर्माता जीवन केसीले तीज विकृत बन्दै गएको र मौलीकता खोज्नुपर्ने आवश्यक भएको बेलामा आफुले सोचेजस्तो गीत प्रकाशन गर्न सकेको बताए । गायिका घनमायाले पनि तीजको मौलीक गीत आपूmले गाउन पाएकोमा सन्तुष्टी ब्यक्त गरिन् ।

 ‘हामी संगतिकर्मीले नै मौलीकताको जगेर्ना गर्ने हो र मौलीक श्रृजनामा जोड दिनुपर्छ । जसका कारण हाम्रो पन बाँचीरहोस्’ संगीतकार श्रेष्ठले भने । गीतको भिडियो गोपाल थापाले निर्देशन गरेका छन् । यस तीज गीतमा रिना थापा र मिठ्ठु आलेको अभिनय छ भने देवराज आचार्यको छायांकन एवम् मनोज कार्कीको सम्पादन रहेको छ ।

गोल्डेन क्रियशनको प्रस्तुती यस गीतलाई आजै मात्र म्यूजीक नेपालले यूट्यूव मार्फत सार्बजनिक गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु