डाक्टरले ‘सरी माइ बाबा..’ भनेपछि (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १५ माघ २०७२, शुक्रबार

काठमाडौं । वरिष्ठ फिजिसियन तथा गायक डा.रणजित कुमार झाले ‘सरी माइ बाबा…’ भनेका छन् । उनले कुनै व्यक्ति विशेष समक्ष माफी मागेका भने होइनन् । सम्पूर्ण दर्शक श्रोतालाई सुनाउन भर्खरै रिलीज भएको गीत गाउँदै ‘सरी माई बाबा’ भनेका हुन् । यतिबेला उक्त गीतको म्युजिक भिडियो विभिन्न टेलिभिजन च्यानल तथा यूट्युवबाट प्रिमियर गरेका छन् । गायक झाको तेस्रो एकल एल्बम ‘जीवनपथ’ मा समावेश गरिएको यो गीतको भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन् । भिडियोमा नायिका शिल्पा पोखरेल तथा अभिनेता पुष्प खड्काले अभिनय गरेका छन् । गायक झाले नै गीतको शब्द तथा संगीत तयार पारेका हुन् । महाराज थापाद्वारा संगीत संयोजन गरिएको यो गीतको भिडियोको छायांकार हरि हुमागाईं हुन् भने निशान घिमिरेले यो भिडियो सम्पादन गरेका हुन् । भिडियोमा नायिका शिल्पा पोखरेलले दोहोरो भूमिका निर्वाह गरेकी छिन् । एउटा भूमिकामा शिल्पा अभिनेता पुष्प खड्काको प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् अर्कोमा उनले पुष्पको आमाको भूमिका निर्वाह गरेकी छिन् ।

भिडियो हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु