डेढ दर्जन मोडलको ‘एञ्जल अन द फ्लोर’

म्यूजिक खबर
प्रकाशित: २५ चैत्र २०७३, शुक्रबार

चैत २५, काठमाडौ । नयाँ वर्ष २०७४ को पूर्वसन्ध्यामा आरएनआर गु्रपले विभिन्न सांगीतिक कार्यक्रमसहित डेढ दर्जन मोडललाई ¥याम्पमा उतार्दैछ । २९ चैतमा ताहाचलस्थित सोल्टी क्राउन प्लाजामा हुने ‘एञ्जल अन द फ्लोर–३’ नाम दिइएको फेसन शोमा १६ जना व्यवसायिक मोडलहरु प्रस्तुत हुने आयोजक संस्था आरएनआरले जनाएको छ ।

hot model on the floor

hot model on the floor

संस्थाकी अध्यक्ष तथा इभेन्ट निर्देशक मञ्जु श्रेष्ठले भनिन्, ‘नेपाली नयाँ वर्षको स्वागतार्थ फेसन शो गर्न लागिएको हो ।’  ‘मिङ्स भोड्का’ को मुख्य प्रायोजन रहेको उक्त ¥याम्प शोमा करिश्मा केसी, मानसी खनाल, सबनम गुरुङ, जोत्स्ना महर्जन, प्रियंका थापा, कुसुम तामाङ, हेमा हमाल, प्रेस्था राई, विद्या बस्नेत, रसिया प्रधान, सिमन गोर्खाली, रिजा, रोजा शाक्य, तिलशा बज्रचार्य,दीपा लगायतका मोडलहरुले विभिन्न डिजाइनरले तयार गरेको पहिरनमा प्रस्तुत हुनेछन् । कमल मानन्धर, शोभा महर्जनको डिजाइन तथा नोभा र वाचु जिन्सको पहिरनमा ती मोडलहरुले ¥याम्प नाप्नेछन् । शोमा रोजिन शाक्यको कोरियोग्राफी रहनेछ ।

कार्यक्रममा गायक दीपक लिम्बू, युवराज चौलागाइँ, गायिका मिलन अमात्यलगायतले सांगीतिक प्रस्तुती पस्कनेछन् । ‘एञ्जल अन द फ्लोर’मा मोडल विपना थापा, सिर्जना राई शो–स्टपरका रुपमा ¥याम्प नाप्दैछन् । आरएनआर ग्रुपद्वारा आयोजित फेसन शोको यो तेस्रो संस्करण हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु