डेनीको मनमा को होला कस्तो होला

म्यूजिक खबर
प्रकाशित: १३ मंसिर २०७२, आईतवार

सुटिङ रिपोर्ट/चितवन


चितवनको शिवघाट नजिकै नारायणी नदीको किनारमा काठको डुँगा सजाइएको छ । डुँगामा ‘एक जोडी’ आफ्नै संसारमा मग्न देखिन्थे ।बुधवार मध्यान्नको यो दृष्य गायिका डेनी रेग्मीको नयाँ गीतको म्यूजिक भिडियोमा समावेश गर्न निर्देशक रबीन्द्र वराल तल्लिन देखिन्थे । केहि महिना अघि मात्रै ‘मैले चोलीको तुनामा राखेको मायाँ’ बोलको चर्चित डान्सिङ नम्बरमा आवाज दिएकी गायिका रेग्मीको नयाँ गीत ‘को होला कस्तो होला’ को भिडियो छायाँकन विहीबार विहान सकिएको छ । नारायणी नदी वरपरका रमणीय दृष्यका साथै नारायणगढस्थित हेटल सेन्ट्रल पाल्म तथा अन्य विभिन्न स्थानमा भिडियोको छायाँकन गरिएको भिडियोका निर्माता आशिष घिमिरेले बताए ।

deny regmi (1)
केहि म्यूजिक भिडियोमा अभिनय गरिसकेकी चितवनकी खुस्वु लम्साल र अष्ट्रेलियामा मोडलिङगर्दै आएका सन्तोष अधिकारीले यस भिडियोमा अभिनय गरेका छन् । भिडियोको छायाँकन पनि निर्देशक वरालले नै गरेका छन् । छिट्टै पहिलो एकल गीती एल्बम निकाल्ने तयारीमा रहेको जानकारी दिंदै गायिका रेग्मीले यो भिडियो पनि सोहि एल्बममा समावेश गर्ने बताइन् ।
एल्बमका लागि पाँचवटै गीतहरु रेकर्ड भइसकेको छ,’ रेग्मीले भनिन्, ‘अरु गीतको पनि भिडियो तयार पारेर एकैसाथ बजारमा ल्याउने तयारी छ ।’ एल्बममा समावेश हुने ‘चोलीको तुनामा’ र ‘को होला’ बोलको गीतमा विपिन आचार्यको संगीत रहेको छ भने शिव सुवेदी र आशिष घिमिरेको शब्द रहेको छ । बाँकि गीतहरुमा दीपक शर्मा र बि।बि। अनुरागीको संगीत रहेको छ । भिजन नेपाल फिल्मस्को प्रस्तुती रहेको एल्बमलाई रास क्रियसनले बजार ब्यबस्थापन गर्नेछ ।

deny regmi (6) deny regmi (5) deny regmi (4) deny regmi (3) deny regmi (2)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु