ढकाल र घर्तीको जोडीको राहत कटुन्जेपानीमा

म्यूजिक खबर
प्रकाशित: ५ जेष्ठ २०७२, मंगलवार

काठमाडौं । गायक राजु ढकाल र गायिका देवी घर्तीको जोडीले बैशाख १२ गते गएको भुकम्पबाट पीडित बनेका सिन्धुपाल्चोक कटुन्जेपानीका जनताहरुमा राहत बितरण गरेका छन् । सिन्धुपाल्चोकको साँगाचोक गाविसको कटुन्जेपानीमा ढकाल र घर्तीले व्यक्तिगत रकमबाट पीडितहरुलाई राहत प्रदान गरेका हुन् । लोकगायनमा स्थापित जोडीका रुपमा परिचित ढकाल र घर्तीको जोडीले कटुन्जेपानीका ४८ घर परिवारलाई राहत प्रदान गरेका हुन् । पीडितहरुलाई २४ बोरा चामल, एक क्वीन्टल चिउरा, ५० कार्टुन चाउचाउ, ५० कार्टुन बिस्कुट, ५० केजी चिनी, ५० लिटर तोरीको तेल, साबुन, सिटामोल, जीवनजलजस्ता खाद्यपदार्थ प्रदान गरेका थिए ।

गायिका देवी घर्ती ६ महिनाको लागि बेलायत पुगेको एक महिना नपुग्दै नेपालमा भुकम्प गएपछि पीडितहरुको उद्धार र राहतका लागि उनी नेपाल फर्केकी थिइन् । भुकम्पबाट पीडित बनेकाहरुलाई सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नु सबैको दायित्व भएको गायक ढकालले बताए । सबैले आआफ्नो क्षेत्रबाट सहयोग जुटाएर पीडितहरुको घाउमा मल्हम लगाउनु पर्छ गायक ढकालले भने अहिले तेरो र मेरो भन्ने बेला छैन हामी भनेर सहयोगमा जुटौं ।

त्यस्तै गायिका देवी घर्तीले सबै मिलेर अघि बढियो भने मुलुकमा भएको जुनसुकै विपद्लाई पनि सजिलै समाधान गर्न सकिने बताउँछिन् । ६ महिनाको युके बसाईलाई छोट्याएर सहयोगी हात फैलाउँदै नेपाल आइपुगेकी घर्तीले अति प्रभावित क्षेत्रहरुमा आफूले सकेको सहयोग प्रदान गर्ने बताएकी छन् ।

4 5 1 3 2

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु