तारिफयोग्य काम गर्दै हमालले मनाइन् जन्मदिन

म्यूजिक खबर
प्रकाशित: ७ पुष २०७४, शुक्रबार

७ पुष, काठमाडौं । लोकदोहोरी क्षेत्रकी सुप्रसिद्ध गायिका राधिका हमालको स्वर जति तारिफयोग्य छ उनको मन पनि उतिकै पवित्र छ । पछिल्लो समयमा सेलिब्रेटी मात्र नभएर आम मानिसमा जन्मदिनको अवसर पारेर केक काट्ने चलनले व्यापकता पाइरहेको छ । तर सुरिलो स्वरकी धनी गायिका हमालले जीवनका यतिका बसन्त सम्म कहिलै केक काटेकी छैनन् । उनलाई केक काट्न मन पनि पर्दैन । उनलाई जन्मदिनमा मात्र नभएर सदैब समाजसेवामा अग्रसर भएर दुःखी पीडितको सेवा गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ । त्यसैले समय र शरीरले सक्ने जति उनी समाजसेवामा लागिरहन्छिन् ।


गायिका हमालले पुष ७ गते पर्न गएको यस वर्षको जन्मदिनमा रोल्पाकी बिरामी भगवती गिरीलाई १० हजार प्रदान गरेकी छिन् । गिरी राष्ट्रिय ट्रमा सेन्टरमा उपचारार्थ हुनुहुन्छ । गायिका हमालले आउने दिनहरुमा अझ बढी सशक्त भएर समाजसेवामा लाग्ने बताइन् ।
गायिका राधिका हमालको समाजसेवी मनलाई हार्दिक बधाई तथा बिरामी भगवती गिरीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु