तिजमा भाईरल बन्न स्वामी फकाउदै गायिका निता

म्यूजिक खबर
प्रकाशित: १८ श्रावण २०७५, शुक्रबार

स्वामी राजैले मोडलिङ् गर्न दिए त मै पनि मोटो ज्यान सिलीम बनाउथें भन्दै गायिका निता गुरुङ’मैता’ले रमाइलो तीज गीत सार्वजानिक गरेकी छिन्।

उनको मोडलिङ गर्ने रहरमा भाईरल बन्ने गरि कम्मर मर्काएकी छिन् मोडेल आरुषी मगरले भने निर्देशन गरेका छन् प्रकाश भट्टले।
वाइफाई जोड्ने देखि मोडलिङ गरेर भाइरल बन्ने सम्मको विभिन्न कथा बोकेको यस गीतलाई दिवन किनारले लेख्ने र संगीत गर्ने काम गरेका छन्.

गायिका निता गुरुङले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गरिएको यस गीतको म्युजिक भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका छन् भने बिष्णु शर्माले सम्पादन गरेका हुन्।

म्युजिक भिडियो रिलिजको केहि दिनमै हजारौं दर्शकले हेरिसकेका छन् भने अत्यन्तै मन पराइएको प्रतिक्रियाहरु आएको गायिका निताले बताएकी छिन् ।

गायिका निताको यस अघि माया बढ्यो झन् बोलको गीतले लोक गीत संगीत प्रेमी दर्शक स्रोताहरुको मन जित्न सफल भएको थियो भने उनका दर्जनौ गीतसंगीत रुचाइएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु