तिज म्यूजिक अवार्ड हुँदै

म्यूजिक खबर
प्रकाशित: २५ श्रावण २०७२, सोमबार

काठमाडौं । नारीहरुको महान चाड हरितालिकाको अवसर पारेर छायाँछवि क्रियशनले यस वर्ष पनि ‘तिज म्यूजिक अवार्ड’ गर्ने भएको छ । यस वर्ष तिजको अवसरमा बजारमा प्रकाशित भएका गीतसंगीत, म्यूजिक भिडियोलाई सहभागी गराउँदै कला संस्कृतिको जगेर्नामा लागि पर्ने उद्देश्यले दोस्रो तीज म्युजिक अवार्ड आयोजना गरिएको छायाँछविले जनाएको छ । बुधबार अवार्डका सदस्य सचिव गीता अधिकारीद्वारा जारी प्रेस बिज्ञप्तीमा ११ विधामा तीज अवार्ड गर्न लागिएको उल्लेख छ ।

musical_award_khabar

तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या करीव २०० भन्दा पनि माथि हुने गरेको र यी गीत संगीतका श्रष्टा तथा सर्जक प्रोत्साहनबाट वञ्चीत भएको जनाउँदै तिज म्यूजिक अवार्ड आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ । गीत संगीतलाई प्रोत्साहन दिन, तीजका गीतले र त्यसका श्रष्टा, सर्जकले उत्साहित हुने मौका पाउन भन्ने धेयले अवार्डको आयोजना गरिएको बिज्ञप्तीमा उल्लेख छ ।
दोश्रो तीज म्युजीक अवार्ड ०७२ का लागि तीजका गीतका श्रष्टाहरुले उत्कृष्ट गीत, गायिका, गायक, भाका, शब्द, एरेञ्जर, भिडियो निर्देशक, मोडल महिला मोडल पुरुष, छाँयाकार, सम्पादक विधामा आवेदन दिनुपर्ने हुन्छ । भाद्र १५ भित्र गीतसंगीतले दर्ता गरिसक्नुपर्नेछ । अवार्ड आगामी भाद्र २४ गते राजधानीमा आयोजना गरिने पनि जानकारी गराइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु