तिज राम्रो रमझमले

म्यूजिक खबर
प्रकाशित: १५ श्रावण २०७२, शुक्रबार

काठमाडौं । हिन्दूहरुको महान चाड तिज नजिकिँदै गर्दा गायिकाहरु पनि व्यस्त हुन थालेका छन् । तिजलाई लक्षित गर्दै गायिका सहिमा श्रेष्ठले पनि ‘तिज राम्रो रमझमले’ बोलको गीत बजारमा ल्याउँदैछिन् । दुई वर्षयता तिज गीतलाई समेत मनमा राख्दै आएकी सहिमाले यसपालिका लागि ‘तिज राम्रो रमझमले’ बोलको गीत पस्केकी छन् । महेश खड्काले संगीत दिएको गीतमा सहिमालाई सन्दीप न्यौपानेले स्वरमा साथ दिएका छन् । यस गीतको सोमबार भिडियोसमेत सुट गरिएको छ । तिजको भिडियो सुट गरिरहेकै बेला राजधानीको सिनामंगलस्थित विश्रान्ती पार्टी प्यालेसमा भेटिएकी सहिमाले भनिन्, ‘यो मेरो तेस्रो तिज गीत हो । दुई वर्षयता तिज गीत गाउँदै आएकी हुँ ।’

sahima-Shrestha-12

‘तिज राम्रो रमझमले’ गीतमा कोरियोग्राफर तथा निर्देशक स्मृति तिमल्सिनाले सहिमा र सन्दीपका साथमा तीन दर्शन कारेसलाई नचाइरहेकी थिइन् । गीत डान्सिङ बिटमा भएकाले कोरसलाई स्टेप मिलाउन हम्मे परेको थियो । जसलाई रामेश्वर हुमागाईंले क्यामेराका कैद गरिरहेका थिए । ‘तिज संस्कृतिसँगै नेपाली नारीले नाचागानको पर्वका रुपमा समेत लिन थालेकाले डान्सिङ बिटमा गाएकी हुँ’ ‘सहिमा’, ‘मस्ती’ र ‘शृंगार’जस्ता तीन आधुनिक एल्बमकी गायिका सहिमाले भनिन्, ‘अघिल्लो वर्ष पनि मैले डान्सिङ बिटमै गाएकी थिएँ ।’

सन्दीपले भने तिज गीत गाउन थालेको ५÷६ वर्ष भएको बताए । उनले भने, ‘यसअघि धेरै तिज गीत गाइसकेको छु । तर, सहिमासँग भने पहिलोपटक गाएको हुँ ।’ यस तिज गीतको निर्माण शिवदर्शन डिजिटलले गरेको हो । शिवदर्शनकी निर्देशक गायिका गायत्री थापाले केही दिनमै उक्त गीतको भिडियो रिलिज गर्ने बताइन् । तस्बिर स् नविन गुरुङ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु