तिज लाग्यो अशोकलाई

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

काठमाडौं । दर्जनौ म्यूजिक भिडियोमा मोडलिङ गरिसकेपछि निर्देशन यात्रा थालेका अशोक बिसीले तिजको म्यूजिक भिडियो निर्देशन गरेका छन् । अहिलेको ब्यस्त निर्देशकका रुपमा परिचित बनेका अशोकले त्यसो त दर्जनौ म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन् । आफ्नो व्यस्त समयसँगै अशोकलाई तिजको चटारो परिसकेको छ । तिजका गीत रेकर्ड गर्ने र म्यूजिक भिडियो गर्ने क्रममा अशोकले नटराज फिल्मसको निर्माणमा तिलक वलीको तिजको एल्बम ‘आइपुग्यो रुक्मेली’ र अर्को एल्बम ‘हात काट्यो चाइनाको चुराले’ को निर्देशन गरेका छन् । रातो पुलको राम मन्दिर परिसरमा उक्त तिजको गीतको छायाँकन गरिएको हो ।
आइपुग्यो रुक्मेलीमा देवी घर्ती र पुर्णकला विसीको स्वर रहेको छ भने शब्द संगीत भने तिलक वलीको रहेको छ । जुन गीतको एरेन्ज पनि तिलक वलीले नै गरेका हुन् । जसमा अहिलेको निकै ब्यस्त मोडल रश्मी तामाङको जोडदार प्रस्तुति रहेको छ । त्यस्तै हात काट्यो चाइनाको चुरालेमा तिलक वली र पुर्णकला विसीको स्वर रहेको छ भने यसको शब्द, संगीत र एरेन्ज तिलक वलीको नै रहेको छ । जसमा तिर्सना र कमल घर्ती मगरको अभिनय रहेको छ ।
अशोक बिसीको निर्देशन रहेको यस म्यूजिक भिडियोलाई शम्भु चालिसेले क्यामरामा कैद गरेका हुन् । नटराज फिल्मसले नै बजार ब्यवस्थापन गरेको गरेको उक्त आइपुग्यो रुकमेली र चाइनाको चुराले छिट्टैनै दर्शक श्रोताको माझ ल्याउने भएको छ ।

ashok bc2 ashok bc1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु