‘तिमीले फर्किएर…’ अब भिडियोमा

म्यूजिक खबर
प्रकाशित: १ पुष २०७२, बुधबार

विदेशी भूमि साइप्रसमा तयार पारिएको गीत ‘तिमीले फर्किएर’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई पछिल्लो समय अतिनै लोकप्रिय बनिरहेको र सांगीतिक गतिविधि प्रचार र प्रसार गर्नका लागि अत्याधिक रुचाइएको सामाजिक सञ्जाल युटुब मार्फत सार्वजनिक गरिएका हो । साइप्रसको निकोसिया र लिमासोलमा छायांकन गरिएको म्यूजिक भिडिोलाई पहिलो प्रयास स्वरुप निर्देशक बिरन पुनले निर्देशन गरेका हुन् । त्यस्तै निर्देशक बिरनको छायांकन बाट म्यूजिक भिडियो तयार पारिएको हो । साजन श्रेष्ठको सुमधुर स्वरमा सजिएको ‘तिमीले फर्किएर’ लाई इश्वर मागियाले म्यूजिक दिएका हुन् । प्रकाश छयनिकको शब्द इश्वर मागिया को म्युजिक, प्रकाश छ्यनिक को शब्दमा सजिएको गीत मा मोडेल सन्तोष बडाल, रेश्मा अधिकारी र सपना खड्का ले अभिनय गरेका छन् । निर्देशक पुन र मोडेल बडाल का अनुसार यस प्रोजेक्ट बाट जुटेको रकम म्याग्दी जिल्लामा अवस्थित ज्ञानोदय स्कूलमा अध्ययनरत १२ जना दृस्टी बिहिन विद्यार्थीहरुलाई सहयोग गरिनेछ ।
भिडियो हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु