‘तिमी खुशी छैनौ भने अब माया गर्दिनँ भो’

म्यूजिक खबर
प्रकाशित: १ पुष २०७४, शनिबार

१ पुष, काठमाडौं । तिमी खुशी छैनौ भने अब माया गर्दिनँ भो प्राय सबै प्रेमी प्रेमिकाले धोका पाउँदा भन्ने गरेका उद्गार हुन् यो । गीतकार आश्मान बिकको पहिलो आधुनिक गीत तिमी खुशी छैनौ भनेको आडियो तथा भिडियो सार्बजनिक भएको छ । सुनखानी म्युजिकद्वारा बजारमा आएको यो गीतलाई लोकदोहोरीमा आफ्नो पहिचान बनाएका गायक विरही कार्कीले संगीत भरेका छन् । गायक स्वरुपराज आचार्यको स्वरमा रहेको यो गीतको म्यूजिक भिडियोलाई बिरही कार्कीको आधिकारिक युटुब मार्फत डिजिटल बजारमा सार्बजनिक गरिएको हो ।

वियोगान्त शैलीभित्र प्रस्तुत गरिएको यो गीतको म्यूजिक भिडियोलाई मण्डली फिलिम्सले निर्माण गरेको हो । दीपेन्द्र तिमल्सिनाले निर्देशन गरेको यो भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका छन् भने पवन सिम्खडाले सम्पादन गरेका छन् । पछिल्लो समय निकै लोकप्रिय बनेकी नायिका अनु शाहा र जीवन ज्ञवालीले यस म्यूजिक भिडियोमा अभिनय गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु