‘तिमी थियौ र पो आमा यो धर्तीलाई चुम्न पाएँ’

म्यूजिक खबर
प्रकाशित: २९ मंसिर २०७२, मंगलवार

न्यूज (काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर पनि नेपाली कला साहित्यलाई माया गर्ने सर्जक सुविसुधा आचार्यको शब्दरचनाले सजिएको आलाप रेकर्डडिङ स्टुडियोको प्रस्तुति ‘तिमी थियौ र पो आमा यो धर्तीलाई चुम्न पाएँ’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।

सहारा फिल्मस एन्ड इन्टरटेनमेन्टले बजारमा ल्याएको म्युजिक भिडियो शिवन पोखरेलले निर्देशन गरेका छन् । यस म्युजिक भिडियोमा मेरी बास्सैकै चम्सुरी अर्थात् पल्पसा डंगोल, मोडल रोहन लामा र बालकलाकारहरु मनिष बस्नेत, सहारा बस्नेत, रेजिना भारती लगायतले अभिनय गरेका छन् ।

timi thiyau ra ta kaby sudha
म्युजिक भिडियोको छायांकन अजय रेग्मी, सम्पादन अधिनायकमान शेरचनको रहेको म्युजिक भिडियोमा चर्चित गायक मनोज राजले स्वर दिएका छन् भने संगीत झलक संगीतम्को रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु