तिमी लुक्यौ किन ?

म्यूजिक खबर
प्रकाशित: २० मंसिर २०७३, सोमबार

मङ्सिर २०, काठमाडौं । जब आएँ भेट्न तिमी, तिमी लुक्यौ किन ? लुक्नुका कारण सोध्दै प्रेमीले कहिँ चुकेको कुरा त कहिँ दुखेको कुरा गर्न पुग्छ । कुनै मायालाई भेट्न आउँदा लुकेपछि आफ्नो मायाको अर्थ खोज्न थालेको प्रेमीको कथा हो यो । गीतकार विष्णु रजनीको शब्दमा कमल अधिकारीको संगीत रहेको गीत आएँ जब भेट् तिमीलाई गायक उदय सोताङले स्वर दिएका छन् । उनको स्वरको मिठाससँगै गीतले मनको बगैंचामा एउटा मायाको अर्थ खोज्दैछ । त्यही माया काँडा बिज्ने त त्यही माया फूल बन्ने कस्तो पीडा हो भन्ने भावमा विष्णु रजनीका शब्द कोेरिएका छन् ।

bishnu-rajani_salman
भिडियोमा नयन डीसी र सन्जना रानाको अभिनय रहेको छ । अमृत सुनुवारको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई भुवन स्याङ्बो तामाङको निर्देशन रहेको छ । भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका छन् । बबइ म्यूजिकले बजार व्यवस्थापन गरेको यो गीतलाई विष्णु रजनीले प्रकाशनमा ल्याएका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु