तिम्रो आँखाको तालमा’ भन्दै प्रमोद र मरिष्काको रोमान्स

म्यूजिक खबर
प्रकाशित: ११ बैशाख २०७४, सोमबार

वैशाख ११, काठमाडौँ । निकैनी मिठो आवाजका धनी गायक धन बराइलीको नयाँ गीत सावर्जनिक भएको छ । तिम्रो आखाँको तालमा ,म डुबी डुबी तिम्रो मायाको गाँउ घुम्न मन लाग्यो बोलको सार्वजनिक गीतमा शब्द र संगीत गायक धन बराइलीको रहेको छ ।Pramod vardwaj-Mariska Pokharelसुन्दा सरल र सहज लाग्ने मिठो गितलाइ गायकले द जर्नीमा समाबेश गरेका छन् । यो सरल र सुन्दर गीतलाइ बहुमुखी प्रतिभाका धनी निर्देशक फराज अर्पणले निर्देशन गरेका छन् भने छायांकन र सम्पादन पनि उनकै रहेको छ । अहिलेकी चर्चित एबम सुन्दर नायिका मरिष्का पोखरेल र प्रमोद भारद्घजको अभिनय रहेको छ । गित अनुसार र सरल भिडियोले दर्शक मन सजिलै तान्नेमा टिमनै ढुक्क छन् ।

भिडियो हेर्नुहोस्:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु