तिम्रो जस्तो भाग्य कहाँ छ र मेरो

म्यूजिक खबर
प्रकाशित: २७ मंसिर २०७२, आईतवार

अर्काको भाग्यसँग कसैले पनि आफ्नो भाग्यको तुलना गर्न मिल्दैन । सबैले आफ्नै भाग्यसँग रमाउने हो । धेरैले भन्छन् तिम्रो जस्तो भाग्य मेरो छैन तर तिम्रो जस्तै सपना देखिरहेछु, तिमीलाई पाउनका निम्ति आकाशको जूनतारा नै टिप्छु । तर जितेन लेप्चा भने त्यो भन्दा फरक रुपमा प्रस्तुत भएका छन् ।
उदियमान गायक जितेन लेप्चा यतिबेला सुमधुर स्वरसहित उपस्थित भएका छन् । तिम्रो जस्तो भाग्य कहाँ छ र मेरो बोलको गीत लिएर आएका जितेन मिठा मिठा सपना नदेखी बसेका छन् । तिम्रो जस्तो परिवेश छैन त्यसैले तिमीलाई चाहन पनि सकिनँ भन्दै जितेनले सपना सपना नै हुन् तर भुल्न सक्दिनँ भन्दै सुमधुर स्वरसँग सांगीतिक कोसेली लिएर आएका छन् ।

timro jasto bhagya
संगीतको उत्पादनमा अग्रस्थान ओगट्दै आएको म्यूजिक कम्पनी एसियन म्यूजिकको ब्यानरमा बजारमा आएको तिम्रो जस्तो भाग्य बोलको गीतमा जितेन लेप्चाको स्वर रहेको छ भने कोपिला राईको शब्द रहेको छ । प्रमोद मोक्तानको संगीत रहेको यस गीतमा अनुप गिरीको निर्देशन एवं सम्पादन रहेको छ । मिलन शंकरको छायाँकन रहेको यस गीतले छोटो समयमा नै राम्रो चर्चा बटुल्न सफल भएको छ ।

म्यूजिकखबर फेसबुक, ट्विटरयूट्युबका लागि यहाँ क्लिक गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु