तिम्लाई हेर्ने धित कहिल्यै मरेन…

म्यूजिक खबर
प्रकाशित: ११ मंसिर २०७२, शुक्रबार

दिनमा बाटो नै बिर्साइदिने रातमा निन्द्रामा नै ब्यूँझाउने सधैं हेरेको हेरै हुने रुप देखेपछि सबैको ध्यान उतै हुन्छ । कलेजी काटेर दिएको नी थाहा हुँदैन, सर्वश्व गुम्दा पनि उसकै रुप हेरिरहने मायाप्रेमका जोडीहरुसँग के भन्न सकिन्छ । गायक गणेश गुरुङको मायाप्रेम पनि यतिबेला त्यस्तै भएको छ । उनलाई नागलाई मणिको महत्व भएभन्दा पनि मायाको महत्व बढेको बताएका छन् ।
सधैं प्यासी तिर्खा यो टरेन
तिम्लाई हेर्ने कहिल्यै धित मरेन
सल्ला धूपैले
मलाई निन्द्रामा ब्यूँझायो तिम्रो रुपैले

ganesh grg

मिठो स्वरका धनी गायक गणेश गुरुङको शब्द र स्वरमा सजिएको गीत सल्ला धुपैले यतिखेर बजारमा आएको छ । मायाप्रेममा भुलेका जोडीहरुको कथालाई समेटेर गायक गुरुङले शब्द संयोजन गरेका छन् । गाउँले परिवेशमा रहेर उनले मौलिकतालाई गीतमा पस्किएका छन् । गायनको डेढ दशक बितिसक्दा उनले धेरै समधुर गीतहरु गाए । गीतमा मौलिकता भए मात्र त्यसको मर्म प्रष्ट हुन्छ भन्ने गायक गुरुङ यतिबेला भने युके भ्रमणमा छन् । युकेमै रहेका बेला उनले सल्ला धुपैले बजारमा ल्याउन सफल भएका हुन् । भिमकला गुरुङ र गायक गणेश गुरुङको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको यो गीतमा गायक गुरुङलाई भीकलाले स्वरमा साथ दिएकी छिन् । रोहित क्षेत्रीको थेगो रहेको यस गीतको म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । करण चैंसिरको छायाँकन र विष्णु शर्माको सम्पादन रहेको यस गीतलाई साई भिजन प्रालिले बजारमा ल्याएको हो । यस गीतको म्यूजिक भिडियोमा दिपेन गुरुङ र डिम्पल मगरको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु