तीजको रमझममा कल्पना

म्यूजिक खबर
प्रकाशित: २७ श्रावण २०७२, बुधबार

काठमाडौं । हिन्दू नारीको पर्वको रुपमा रहेको तीजको मौसम सुरु भएसँगै तीज गीतले बजार चर्चा पाउन थालेका छन् । विभिन्न गायक गायिकाले तीजलाई केन्द्रमा राखेर तीज गीत बजारमा ल्याएका छन् । यसै क्रममा लामो समयदेखि नेपाली लोकदोहोरीमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका कल्पना देवकोटा पौडेलले यस वर्षको तीजको गीत लिएर आएकी छन् ।

kalapana
उनले एल्बम ‘तीजको रमझाम आयो बरिलै’मा तीजको रमझाम आयो बरि लै र नाचिन्छ रामपुर फाँट थर्काउँदै गीत समावेश गरेकी छन् ।
गीतमा स्वर, शब्द र संगीत उनको नै रहेको छ भने यसलाई बाराही क्यासेट पोखराले बजारमा ल्याएको छ । पछिल्लो समयमा तीजका गीत अनेक खालका आएका भए पनि आफुले टिपिकल तीजकै गीतलाई फ्लो गरेको उनले बताइन् । तीज महिलाहरुको मौलिक चाड पर्व भएकोले आफुले हरेक वर्ष तीजको अवसर पारेर तीजको गीती एल्बमहरु ल्याउने गरेको उनले जानकारी गराइन् । यसको भिडियो पनि अहिले चर्चित बनेको छ । जसमा उनले पनि कम्मर मर्काएकी छन् । काठमाडौंका विभिन्न स्थान र पाल्पाको रामपुरमा छायाँकन गरिएको म्युजिक भिडियो लक्ष्मण पौडेलको निर्देशनमा बनेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु