तीज म्युजिक अवार्ड सम्पन्न, देवी र टीका सर्वोत्कृष्ट गायिका

म्यूजिक खबर
प्रकाशित: १७ भाद्र २०७३, शुक्रबार

काठमाडौं । तेस्रो तिज अवार्ड २०७३ मा देवी घर्ती र टीका पुन सर्वोत्कृष्ट गायिका बन्न सफल भएका छन् । हरिविष्टको लय र शब्द रहेको माइतीको देश नामक गीतबाट संयुक्त गायिकाको अवार्ड उचाल्दै सर्वोत्कृष्ट बन्न सफल भएका हुन् । छायाँछवि क्रियशनको आयोजनामा भएको अवार्डमा गायिका शोभा त्रिपाठी बाध्यता हो बोलको गीतबाट उत्कृष्ट तिज गायिका भइन् भने सुनिता गुरुङ र मौसम गुरुङ चिप्लो सारी बोलको गीतबाट उत्कृष्ट तिज दोहोरी गायक गायिका बन्न सफल भएका छन् ।

teej award (10)
अवार्डमा २०७३ मा बजारमा आएका तिज गीतहरुको लागि सहभागी भएका विभिन्न १९ विधामा गीत एवं स्रष्टाहरुलाई अवार्ड प्रदान गरिएको थियो ।
उत्कृष्ट तिज गीत मिक्सिङको अवार्ड ‘पानी सलल’ बोलको गीतबाट कुमार रानाले अवार्ड हात पारे भने सोही गीतबाट पार्वती ठाडा मगरले नव गायिका र हरि विष्टले तीज गीत लयबाट अवार्ड चुम्न सफल भए ।

teej award (8)
त्यस्तै म भन्दा नि बोलको गीतबाट उत्कृष्ट तिज गीत एरेञ्जर सुदीप सागर, उत्कृष्ट नृत्य निर्देशक स्मृति तिमिल्सिनाले अवार्ड चुम्न सफल भए । त्यस्तै चलेछ मगमग बोलको गीतबाट उत्कृष्ट भिडियो सम्पादक विरेन्द्र भाट र सन्देशमुलक गीत गोविन्द प्रसाद उपाध्यायले अवार्ड चुम्न सफल भए । उत्कृष्ट तिज गीत मोडल पुरुषतर्फ विजय थापा ‘पशुपति गेटैमा’, उत्कृष्ट तिज गीत मोडल महिलातर्फ ऋता थापा ‘माइतीको आगनी’ वोलको गीतबाट अवार्ड हात पारे ।

teej award (7)
त्यसैगरी ‘खै त बाबा’ बोलको गीतबाट गायिका मन्जु पौडेलले जुरी अवार्ड हात पारिन् भने प्रकाश भट्टले उत्कृष्ट निर्देशकको अवार्ड चुम्न सफल भए । उत्कृष्ट तिज दोहोरी गीत शब्द गणेश सुवेदीले हात पारे भने किन आएनन् माइती बोलको गीतबाट उत्कृष्ट तीज गीत शब्द लिना रेग्मीले चुम्न सफल भइन् । त्यस्तै बम बम भोले बोलको गीतबाट नरेश खातीले उत्कृष्ट तिज दोहोरी गीत लय र गायिका रिता केसीले उत्कृष्ट तीज दोहोरीको अवार्ड चुम्न सफल भए ।

teej award (13)
त्यसैगरी शोभा त्रिपाठी ‘बाध्यता हो’ बोलको गीतबाट उत्कृष्ट तीज गीत गायिका बन्न सफल भइन् भने सुनिता दुलालको यसपाली नि बोलको गीत उत्कृष्ट तिज गीत बन्न सफल भयो ।

teej award (15)
त्यस्तै पब्लिक च्वाइस अवार्डतर्फ निशा सुनार ‘नेपालको छोरो’, इन्करेजमेन्ट अवार्डतर्फ भूमीका सुब्बा ‘बजाइदेउ मादलु’ र पपुलर अवार्ड ‘ननाचे बोर हुन्छ’ वोलको गीतबाट लक्ष्मी मल्लले चुम्न सफल भए ।

अवार्ड कार्यक्रममा विगत दुई दशकदेखि सौन्दर्य व्यवसायमा योगदान पु¥याउँदै आएकी फेसियल हाउसकी संचालिका सुष्मा महरालाई छायाँछवि विशेष सम्मान प्रदान गरिएको थियो भने लिटल स्टार फस्ट रनरअप लगायतका चार विधामा अवार्ड चुम्न सफल बाल प्रतिभा क्रिस्टिना खड्कालाई छायाँछवि प्रोत्साहन सम्मान प्रदान गरिएको थियो ।

teej award (16) teej award (14) teej award (11) teej award (12) teej award (5) teej award (6) teej award (9) teej award (3) teej award (4)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु