तीज म्यूजिक अवार्डमा सेल्फी र शिवर्दनको बर्चश्व

म्यूजिक खबर
प्रकाशित: २६ भाद्र २०७२, शनिबार

काठमाडौं । छाँयाछवि क्रिएसनको आयोजना भएको ‘दोस्रो तीज गीत म्युजिक अवार्ड’मा ‘सेल्फी सेल्फी’ बोलको गीत र शिवर्दन डिजिटलबाट प्रकाशनमा आएका गीतसंगीतले बर्चश्व कायम गरेको छ । अवार्डमा सेल्फी सेल्फीबाट गायिका लक्ष्मी मल्ले पपुलर अवार्ड हात परिन् भने वसन्त थापाले गायकमा र प्रकाश भट्टले निर्देशनमा अवार्ड चुमे । त्यसैगरी शिवदर्शन डिजिटलबाट प्रकाशनमा आएका गीतसंगीत र स्रष्टाहरुले बर्चश्व कायम गरेका छन् । जसमा तीज राम्रो रमझमले बोलको गीतबाट सहिमा श्रेष्ठ र सन्दिप न्यौपाने उत्कृष्ट गायकगायिको अवार्ड चुम्न सफल भए भने जीवन सेन्चुरीले सम्पादनमा अवार्ड चुमे । त्यस्तै हरि खत्रीले ‘घुम्दै आयौ’ बोलको गीतबाट ‘उत्कृष्ट तिज दोहोरी गीत शब्द’ विधाको अवार्ड पोल्ऽ्टामा पारे भने गायत्री थापाले ‘माइतीको झल्को’ बोलको गीतबाट उत्कृष्ट तीज गीतको अवार्ड चुमिन् ।

dabbu chhetri
त्यस्तै ‘माइतीघरमा’का लागि डब्बु क्षेत्रीले ‘उत्कृष्ट सन्देशमुलक तिज गीत’, ‘यसपालीको तिजमा’का लागि कल्पना कुसुमले ‘उत्कृष्ट तिज गीत नव गायन’, ‘रातो सारी’का लागि ज्ञानेन्द्र शर्माले ‘उत्कृष्ट तिज गीत छायाँकार’, ‘शिरैमा शिरफूल’का लागि विजय थापाले ‘उत्कृष्ट तिज गीत मोडल (पुरुष) र टिका पुनले ‘उत्कृष्ट तिज दोहोरी गीत गायिका’विधाको अवार्ड चुमे ।
यसैगरी ‘मुखैले ठिक्क’ बोलको गीतबाट रश्मी तामाङले ‘उत्कृष्ट तिज गीत मोडल (महिला)’, र शंकर बिसीले ‘उत्कृष्ट तिज गीत कोरियोग्राफर’को अवार्ड चुमे । त्यस्तै ‘दिदी माइत’का लागि शिव हमालले ‘उत्कृष्ट तिज दोहोरी गीत भाका’ र गोरखा चौतारी म्युजिको तर्फबाट रविन लामिछाने र सुनिल लामिछानेले ‘उत्कृष्ट तिज दोहोरी गीत’ अवार्ड चुमे ।

teej music award
त्यसैगरी ‘ब्रत बसेको’ बोलको गीतबाट झलक संगीतमले ‘उत्कृष्ट तीज गीत एरेञ्जर’ भए भने ‘तीजको दरखाने बेला’ बाट हरि विष्टले ‘उत्कृष्ट तिज गीत शब्द’ को अवार्ड हात पारे । ‘इच्छा पु¥याइदेऊ’बोलको गीतबाट सुनिता दुलालले ‘उत्कृष्ट तिज गीत गायिका’ बन्न सफल भइन् भने ‘म त नाँच्ने हो छम छम’का लागि दिनेश लामाले ‘उत्कष्ट तीज गीत भाका’ को अवार्ड चुमे । अवार्डलाई एभिन्यूज टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो ।

bijay-jung-thapa-teej-music-award

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु