तीन जनाकी एउटी ‘सान्नानी’

म्यूजिक खबर
प्रकाशित: १५ पुष २०७२, बुधबार

आजभोलि एउटैसँग धेरैजना भुल्ने गरेका हुन्छन् भन्ने हल्ला कहिं कतै सत्य पनि हुन थालेको छ । एउटी केटी तीनजनासँग यसरी रमाउनु आजभोलि नौलो कुरा पनि होइन । जमाना अनुसार सान्नानीहरु परिवर्तन हुनु स्वाभाविकै हो । त्यस्तै आशिक प्रजापतिले पनि आफ्नै शब्द, संगीत तथा स्वरमा कबिना म्युजिक प्रा.लि निर्माणमा ‘सान्नानी’ बोलको म्यूजिक भिडियोमा पनि एउटी सान्नानी तीनजना प्रेमीसँग रमाएको देख्न पाइन्छ ।

ashique-sannani
‘सान्नानी’ गीतको म्युजिक भिडियोको निर्देशन तथा सम्पादन रमेश बस्नेतले गरेका हुन् । भिडियोमा मोडेल अन्जु धिताल, कपिल के.सी, राम र नबिन लगायत निर्देशक तथा सम्पादक रमेश बस्नेतको समेत अभिनय रहेको छ । नारायणी क्रियशनको प्रस्तुति रहेको भिडियोलाई कार्यकारी निर्देशन दिपेन्द्र बर्तौलाले गरेका हुन् भने सुलव अधिकारीको छायाँकन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु