तीन पत्रकारको सहकार्यमा ‘गोपी’

म्यूजिक खबर
प्रकाशित: २० बैशाख २०७५, बिहीबार

२० बैशाख, काठमाडौं । आरोही इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको चलचित्र ’गोपी’ मा तीन पत्रकारको सहकार्य देखिएको छ । चलचित्र पत्रकारितामा सक्रिय सामिप्यराज तिमिल्सिना, दिपेन्द्र लामा र श्रीधर पौडेलको सहकार्यमा गोपी निर्माण हुन लागेको हो ।


दीपेन्द्र लामाको कथा र निर्देशन, सामिप्यराज तिमल्सिनाको पटकथा तथा श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्म आरोही केसीले निर्माण गर्न लागेकी हुन् । फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, अन्कित खड्का, प्रकाश घिमिरे लगायतको मुख्य भूमिका रहने छ । फिल्ममा शैलेन्द्र डि कार्कीको छायाङ्कन, निमेश श्रेष्ठको सम्पादन रहनेछ ।


देशमै केही गर्न सकिन्छ र गर्छु भन्ने पात्रको जीवनमा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका बाबजुद उसले कसरी सफलता हात पार्छ भन्ने मूलकथाबस्तुमा आधारित रहेर फिल्म बन्नेछ । ’कठिन परिस्थिति र जटिल परिवेश हुँदाहुँदै पनि बर्तमान समयामा स्वदेशमै सपनाको खेतिगर्ने युवाप्रति समर्पित फिल्म हो ’गोपी’ । दर्शकलाई मनोरन्जन साथै केहि प्रेरणा, आशा र केहि उर्जा दिनफिल्म सफल हुने विश्वास हामीले लिएका छौँ’, फिल्म निर्माण टिमको भनाई छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु